सांसदद्वारा सरकारको ध्यानाकर्षणदेखि यातायात क्षेत्रको ठूलाे रकम जोखिममासम्म (भिडियोसहित)

सांसदद्वारा सरकारको ध्यानाकर्षणदेखि यातायात क्षेत्रको ठूलाे रकम जोखिममासम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये राष्ट्रिय सभाका सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुुधबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । अछामका शिद्धार्थ औजीले जागिरबाट निकालिएपछि आत्मदाह गरेको र रुपन्देहीमा पाँच जनाको हत्या गरिएको घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन उनीहरुको माग छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयकका सन्दर्भमा राजनीतिक दलहरूबीच असाधारण राष्ट्रिय एकता देखिएको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिक दलले संशोधन विधेयक सर्वसम्मतिले अगाडि बढाएर असाधारण एकता देखाएको बताएका हुन् ।

राष्ट्रिय युवा संघ नेपालले संघीय सांसद सरिता गिरीलाई कारबाहीको माग गरेको छ । संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सांसद गिरीले संवैधानिक, राष्ट्रहित प्रतिकूल एवं देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेका हुन् ।

त्यस्तैगरी युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएमा पछिल्लो समय भइरहेको छलफलअनुसार च्याम्पियन्स लिगका अन्तिम आठ खेल पोर्चुगलको लिस्बोनमा हुने तयारी भइरहेको छ । मे ३० मा इस्तानबुलमा हुने भनिएको फाइनल खेल कोरोना भाइरसका कारण प्रभावित भएकाले हाल खेलको नयाँ तालिकाको तयारी भइरहेको हो ।

कोरोना भाइरसको रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण सार्वजनिक यातायात क्षेत्रमा लगानी गरिएकाे १० खर्ब भन्दा बढी लगानी जोखिममा परेको छ । लामो समयदेखि गरिएको लकडाउनका कारण यातायातका साधन संचालन हुन नसक्दा यस क्षेत्रको खर्बाै लगानी जोखिममा परेको हो ।

पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo