‘कोरोनाले विश्व अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले खुम्चिन्छ’ –विश्व बैंक

‘कोरोनाले विश्व अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले खुम्चिन्छ’ –विश्व बैंक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
विश्व बैंकले विश्वभर फैलिएको कोरोना महामारी तथा यसबाट बच्न गरिएको लकडाउनका कारण विश्व आर्थिक मन्दीतिर धकेलिएको जनाएको छ ।

कोरोना भाइरसकै संक्रमणका कारण दोस्रो विश्वयुद्ध पछिकै ठुलो आर्थिक मन्दीतिरतर्फ धकेलिएको विश्व बैंकको भनाई छ । कोरोना र त्यसको न्युनिकरणका लागि गरिएको लकडाउनका कारण अधिकांश मुलुकहरुमा प्रतिव्यक्ति आय घटेको छ । जसले गर्दा विश्व अर्थतन्त्रमा यसले ठूलो असर परेको विश्व बैंकको ठहर छ ।

विश्व बैंकले यस बर्षको अन्त्यसम्म विश्व अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले खुम्चिने प्रक्षेपण गरेको छ । विश्व बैंकका अनुसार आन्तरिक माग र आपूर्ति तथा वित्तीय क्षेत्रमा असर पर्दा वास्तविक अर्थतन्त्रमा ७ प्रतिशतको संकुचन आउने अनुमान छ । करिव ६० बर्षपछि विश्वको प्रतिव्यक्ति आय यस बर्ष २ दशमलव ६ प्रतिशतले घट्ने विश्व बैंकको अनुमान छ । आर्थिक वृद्धिको संकुचन खासगरी बाह्य पर्यटन, वैदेशिक व्यापार, रेमिट्यान्सले धानिएका देश तथा कोरोनाले सबैभन्दा बढी असर पारेको क्षेत्रमा देखिने विश्व बैंकले जनाएको छ ।

त्यस्तै, कोरोना भाइरसले निम्त्याएको आर्थिक मन्दीले विश्वमा गरीबीको संख्यामा समेत उल्लेख्य वृद्धि हुने विश्व बैंकको प्रक्षेपण गरेको छ । गरीबीको रेखामुनी रहेका नागरिकलाई गाँस, बास, कपासको व्यवस्था गर्ने तथा बेरोजगारीलाई रोजगारीमा जोडेपछि यसको समाधान हुने विश्व बैंकले अनुमान गरेको छ ।

सन २०२१ मा भने विश्वको आर्थिक वृद्धि ४ दशमलव २ प्रतिशतले बढ्ने विश्व बैंकको प्रक्षेपण छ । त्यस्तै, विश्व बैंकले वास्तविक अर्थतन्त्र पनि ३ दशमलव ९ प्रतिशतले उकालो लाग्ने प्रक्षेपण गरेको छ ।

Logo