तिलु शर्मा पौडेल
दोहा कतार ।
आज थप १ हजार ३ सय ६८ जनामा सङ्क्रमण देखिएसँगै कतारमा कोरोनाबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या ७० हजार १ सय ५८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ११३ जनामा परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १ हजार ५९७ जनाले स्वास्थ्य लाभ गरेसँगै कुल स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ४५ हजार ९३५ पुगेको छ । ६९,५२ र ६५ बर्षिय थप ३ सहित कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ । २४ हजार १६६ जनाको क्वारेन्टाइनमा उपचार चलिरहेको छ ।
सङ्क्रमितहरू धेरै जसो फरक फरक समुदायका आप्रवासी कामदारहरू रहेका छन् । ४ लाख भन्दा बढी नेपालीहरू कार्यरत रहेको कतारमा ४ जना नेपालीको कोरोनाको कारण ज्यान गइसकेको छ ।
कतारमा आजसम्म कुल २ लाख ५९ हजार ६४६ जनामा कोरोनाको परीक्षण गरिएको छ । ती मध्ये १ हजार ६०३ जनालाई डाक्टरहरूको प्रत्यक्ष निगरानीमा राखिएको छ भने १७९ जनालाई अस्पताल भर्ना गरिएको छ । थप १९ जनासहित आइसियुमा रहने बिरामीको सङ्ख्या २४१ पुगेको छ ।
स्वास्थ्यमा कुनै समस्या भएमा या कोरोनाको प्रारम्भिक लक्षण देखिएमा मैदर, अल रवादत, उमसलाल अलि र गराफामा रहेका हेल्थ सेन्टरमा सोझै गएर परीक्षण गर्न सकिने कतार हेल्थ अथोरिटीले सूचना सार्वजनिक गरेर जानकारी दिएको छ ।





























प्रतिक्रिया