काठमाडौं ।
अमेरिकी डिभी चिट्ठाको नतिजा नेपाली समय अनुसार आज राति पौने १० बजे प्रकाशन हुने नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।
डिभीका सम्बन्धमा फोन या इमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने दूतावासले सूचित गरेको छ।
अमेरिकामा रहेका नेपालीले (७०३) ९८८-३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सकिने पनि दूतावासको सूचनामा उल्लेख छ। दूतावासले डिभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताको लागि अग्रिम शुल्क बुझाउन कुनै पनि बेहोराको इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउनेसमेत दूतावासले जानकारी दिएको छ।
कन्फर्मेसन नम्बर प्रयोग गरी https://www.dvlottery.state.gov/ मा नतिजा हेर्न सकिने छ।






























प्रतिक्रिया