काठमाडौं ।
चाइनिज फोन साओमीका प्रयोगककर्तामा गोपनियता र सुरक्षाको चुनौति देखिएको छ । उक्त फोनमार्फत अनाधिकृतरुपमा प्रयोगकर्ताहरुको मोवाइलको कल रेकर्डिङ, ट्रयाकिङ लगायतका काम हुने हुनाले ती फोनको प्रयोगकर्ताको गोपनियतामाथि प्रश्न उठाएको मात्र नभई साइवर सुरक्षाको चुनौति समेत थपेको बिज्ञहरुको ठहर छ ।
बिभिन्न अध्ययनहरुले देखाए अनुसार यो फोन खासगरी साओमी एमआई १०, साओमी रिडमी के २०, साओमी मिक्स थ्रि लगायतका फोनमा यस किसिमका समस्या बढी देखिएको अनुभवी साइवर सुरक्षा अधिकारीहरुले पत्ता लगाएका छन् । स्मार्ट फोन बजारमा साओमी विश्वकै चौथो नम्वरमा पर्दछ ।
फोब्स पत्रिकाको एक जिज्ञासामा सो कम्पनिले भने गोपनियता र सुरक्षा आफ्नो प्रमूख चासोको विषय भएको उल्लेख गर्दै त्यस्तै समस्याका बारेमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएको छ । साओमी फोनका विभिन्न प्रयोगकर्ताहरुको पोर्न भिडियो हेरेको डाटा बाहिर आएपछि यो फोनका कमजोरी सार्वजनिक भएका हुन् । यो घटनाले साओमीका प्रयोगकर्तामा उल्लेख्य हस आउने विश्लेषण अध्ययनहरुको छ ।
साइवर सुरक्षा सम्वन्धी अनुसन्धानकर्ता एन्ड्रयु डियरनीले गरेको एक अध्ययनले साओमीले गुगल प्लेमा धेरै तथ्याङक तथा व्राउजरहरु पठाएको र त्यसले लाखौं प्रयोगकर्ताको गोपनियता भंग हुने अवस्था उत्पन्न भएको फोब्स म्यागेजिनमा छापिएको समाचारमा उल्लेख छ । साओमी कम्पनिले भने सो मोवाइलको प्रयोगकर्ताको डाटा सुरक्षित गर्ने क्रममा त्यो बाहिरिएको स्वीकार गरेको छ ।
साओमीको एउटा मात्र नभई धेरै सिरिजका फोनहरुमा यो समस्या देखिएकोले प्रायेगकर्तामा मनोवैज्ञानिक त्रास त देखिएको छ नै त्यो भन्दा पनि बढी आगामी दिनमा ती बाहिरिएका गोप्य डाटाहरुले पार्ने प्रभाव झनै चुनौतिपूर्ण हुने उल्लेख गरिएको छ । उक्त फोनको प्रयोगकर्ताहरुका सबै गतिविधी ट्रयाकिङ हुने भएकोले यो झनै खतरनाक कुरा भएको निश्कर्ष अनुसन्धानकर्ताहरुले निकालेका छन् ।
साओमीसँगको सहकार्यमा यी डाटाहरु जो सुकैले पनि पाउने र प्रयोग गर्न सक्ने देखिएको फोब्सको समाचारमा उल्लेख छ । उक्त समाचारमा जनाइए अनुसार साओमीका एकजना ग्राहक आफूले बोकेको साओमीको फोनसेटसहित फोब्सको कार्यालय पुगेका थिए । त्यस पश्चात फोब्सले यो बिषयमा आफ्नो खोजी कार्य अगाडि बढाएको थियो ।





























प्रतिक्रिया