काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले नेतृत्वले बुझेर समय समयमा बैठक बोलाउनुपर्ने भएपनि आलटाल गर्दै आएको बताएकी छिन् । बिहिबार केन्द्रबिन्दुसँग कुरा गर्दै शाक्यले आफूहरुले निरन्तर दबाब दिँदा समेत वेवास्ता गरिएको बताएकी हुन् । अध्यादेश, बजेट, नयाँ नक्सा र कोरोना संंक्रमण जस्ता विषयमा छलफल गर्न माग राखे पनि नेतृत्वले वेवास्ता गरेको शाक्यको भनाइ छ ।
त्यस्तै पछिल्लो समय संघीय संसद बैठक सञ्चालन खर्च बढेको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरी सिट व्यवस्थापन, फर्निचर मर्मत लगायतका काम गर्दा बैठक सञ्चालन खर्च बढेको हो ।
लगातार बढेको सुनको मूल्य १ लाख रुपैयाँ नाघ्ने आँकलन गरिएको छ । लकडाउनका कारण अन्य व्यवसाय चौपट भएको अवस्थामा अन्तर्राष्ट्रिय लगानीकर्ताहरु सुनमा आकर्षित भएकाले सुनको मूल्य बढेने आंकलन गरिएको हो ।
त्यस्तैगरी उपत्यकामा लकडाउन उल्लंघन गर्नेको संख्या बढ्दै गएपछि काठमाडाै, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले व्यापारीहरुसँग संयुक्त छलफल गरेका छन् । जिल्ला समन्वय समिति काठमाडौंको सभाकक्षमा बिहिबार छलफल गरिएको हो ।
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय बनाएका छन् । आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावको पूर्वसन्ध्यामा ओबामाको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएकाे छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया