४७ औ‌ँ विवाह उत्सवमा अमिताभले खोले विवाहको रहस्य

४७ औ‌ँ विवाह उत्सवमा अमिताभले खोले विवाहको रहस्य

केन्द्रबिन्दु
0
Shares

बलिउड बादशाह अमिताभ बच्चन र उनकी धर्मपत्नी जया बच्चनको विवाह भएको ४७ वर्ष पुगेको छ । यसै मौकामा अमिताभले सोसल मिडियामा एक पोष्ट सेयर गर्दै आफ्नो कुन परिस्थितिमा विवाह भएको थियो भनी रहस्य खोलेका छन् ।

पोष्टसँग आफ्नो विवाहको थुप्रै तस्विरहरु पनि सेयर गर्दै आफूले आफ्नो बुवाको कुरा मानेर विवाह गरेको बताएका छन् ।

अमिताभले पोष्टमा लेखेका छन् ‘आज ३ जून १९७३ मा ४७ वर्ष पूरा भएको छ । यदि ‘जंजीर’ सफल भयो भने हामी केहि साथीहरुसँग पहिलो पटक लन्डन जाने भनि निर्णय गरेका थियौं । तर मेरो बुवाले सोध्नुभयो कि को सँग जाँदैछौ भनेर । जब मैले बताएँ तब उहाँले भन्नुभयो जानु छ भने पहिला उनीसँग विवाह गर्नुपर्छ नत्र जान पाउँदैनौ ।  त्यसैले मैले उहाँको आज्ञा पालन गरि विवाह गरे ।’

Logo