नयाँदिल्ली ।
पाकिस्तानले जासूसीका लागि छोडेको हुन सक्ने भन्दै पक्राउ गरेको परेवा भारतीय अधिकारीहरुले रिहा गरेका छन् ।
साथै उक्त परेवा पाकिस्तानले जासूसी गर्न पठाएको नभएर एक माझीको परेवा सीमापार उडेर आइपुगेको पुष्टि भएको छ । ‘परेवालाई शंकास्पद केही नभेटिएपछि मे २८ मा छोडियो,’ भारत प्रशासित कश्मीरका वरिष्ठ प्रहरी अधिकारी शैलेन्द्र मिश्रले बताएका छन् । तर उक्त परेवा कहाँबाट छोडियो र उडेर कता गयो भन्ने प्रष्ट भएको छैन ।
यसअघि पाकिस्तानी परेवा मालिकले आफ्नो परेवा रिहा गरिदिन भारतीय अधिकारीहरुसँग आग्रह गरेका थिए । ‘यो एक निर्दोष चरा हो,’ परेवा मालिक हबिबुल्लाहले भनेका थिए । उक्त परेवाको खुट्टामा औँठी जडान गरिएको कुरा चाहिँ सत्य नभएको ती परेवा मालिकको भनाइ छ ।
हबिबुल्लाह कश्मीरको सीमाक्षेत्र नजिकैको एक गाउँमा बसोबास गर्छन् । उक्त चरालाई जासूसी गर्न प्रयोग गरिएको हो कि हैन भनेर आफूहरुले नियन्त्रणमा राख्नु पर्ने भएको भारतीय सीमा सुरक्षाका वरिष्ठ अधिकारीले बताएका छन् ।
२०१६ मा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध धम्कीपूर्ण सन्देश लेखिएको परेवा छोडिएको भन्दै पाकिस्तानबाट आएको परेवालाई भारतीय अधिकारीले नियन्त्रणमा लिएका थिए ।अन्नपूर्णबाट





























प्रतिक्रिया