काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नभएसम्म एमसीसी अन्तर्गतका सम्पूर्ण काम रोक्ने निर्णय गरिएकोे छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सम्झौता अनुमोदन नभएसम्म त्यसअन्तर्गतका सम्पूर्ण कामहरु रोक्ने सहमति गरिएको हो । बैठकपछि पत्रकारसँग बोल्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अनुमोदन नभएको अवस्थामा एमसीसी अन्तर्गतका काम रोक्ने सहमति भएको जानकारी दिए ।
त्यस्तै नीजि विद्यालयले जेठ २१ गतेदेखि सामाजिक दूरी कायम गर्दै विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् । सरकारले शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख गरेपछि नीजि विद्यालयहरुले नयाँ भर्ना लिन थालेका हुन् ।
फट्याङ्ग्रा वर्गमा पर्ने सलह किराको झुण्ड नेपाल प्रवेश गरेमा अनिकाल र भोकमरीको समयस्या देखा पर्ने चर्चा चलिरहेका बेला नेपाली वैज्ञानिकले नेपालमा आउने सम्भावना न्यून भएको बताएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का किट वैज्ञानिक सुदिपकुमार उपाध्याय यो किरा नेपालमा आउने सम्भावना अत्यन्तै न्यून भएको बताएका हुन् ।
त्यस्तैगरी कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएसँगैै सरकारले हब अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देश दिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले हब अस्पतालका प्रमुखलाई बोलाएर पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट अलग हुने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले डब्लूएचओले चीनको पक्ष लिएको र कोरोना नियन्त्रणमा पर्याप्त पहल नगरेको भन्दै अलग हुने घोषणा गरेका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया