- तिलु शर्मा पौडेल
दोहा कतार ।
कतारको स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार कोरोना भाइरसबाट आज सम्मकै उच्च संङ्ख्यामा स्वास्थ्य लाभ गरेका छन् ।
मन्त्रालयले पछिल्लो २४ घन्टाको विवरण सार्वजनिक गर्दै ५ हजार २०५ जनाले स्वास्थ्य लाभ गरेको जनाएको छ । यो सँगै स्वास्थ्य लाभ गर्नेको कुल संख्या २० हजार ६०४ पुगेको छ । भाइरसबाट थप ३ जनाको मृत्यु भएको जनाएको छ। आज मृत्यु हुनेहरु ४८, ६५ र ८४ वर्षीय रहेका छन् । यो सँगै कतारमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ८६४ जनामा गरिएको परीक्षणमा नयां १ हजार ९९३ जनामा भाइरस सङ्क्रमण देखिएको छ । कतारमा संक्रमित हुनेहरु मध्ये आजको संख्या उच्च हो । कुल सङ्क्रमितको सङ्ख्या ५२ हजार ९०७ पुगेको छ भने ३२ हजार २६७ जनाको उपचार चलिरहेको छ ।
१ हजार ६१२ जनालाई डाक्टरहरूको निगरानीमा क्वारेन्टाइनमा राखिएको छ भने २४६ जनालाई अस्पताल भर्ना गरिएको छ । थप २० जनासहित आइसियुमा रहने बिरामीको सङ्ख्या २१६ रहेको छ । कुल २ लाख १२ हजार ८९७ जनामा कोरोनाको परीक्षण गरिएको मन्त्रालयले बताएको छ । केही दिन यता सङ्क्रमितको सङ्ख्या उच्च दरमा बृद्धि भैरहेको छ । स्वास्थ्यमा कुनै समस्या भएमा मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर परीक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भाइरस सम्बन्धी कुनै लक्षण देखा परे १६००० मा सम्पर्क गर्न समेत सकिनेछ ।





























प्रतिक्रिया