कोरोना अपडेट : विश्वमा ३ लाख ६२ हजार भन्दा बढीको मृत्यु, ५९ लाख संक्रमित

कोरोना अपडेट : विश्वमा ३ लाख ६२ हजार भन्दा बढीको मृत्यु, ५९ लाख संक्रमित

केन्द्रबिन्दु
0
Shares

जेनेभा ।

कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६२ हजार ३६८ पुगेको छ भने, संक्रमितको संख्या ५९ लाख २० हजार २५८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

शुक्रबार अपराह्नसम्म प्राप्त समाचार अनुसार कोरोना भाइरसको कारण बिरामी भएका २५ लाख ९२ हजार २४ जना निको भएका छन् । विश्वभरीमा २९ लाख ६५ हजार ८४२ हाल कोरोना भाइरस संक्रमित उपचाररत रहेका छन् ।

हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ९७१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबइ प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १७ लाख ६८ हजार ४६१ जनामा कोरोना भाइरस संक्रमण रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३ हजार ३३० व्यक्तिको मृत्यु भएको छ ।

दक्षिण अमेरिकामा ७ लाख ५८ हजार १०७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ३६ हजार ७४६ को मृत्यु भएको छ । युरोपमा १९ लाख ७९ हजार ११९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७१ हजार ८२९ को मृत्यु भएको छ ।

एसियामा १० लाख ५६ हजार ६९० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, २९ हजार २२० जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ३१ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३ हजार ८१४ जनाको मृत्यु भएको छ ।

ओसियानामा ८ हजार ७७४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२५ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई विश्व महामारीको नाम दिइसकेको छ ।रासस /एएफपी

Logo