काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ ।
आजका प्रमुख समाचारहरुमध्ये तत्कालीन संघीय समाजावदी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी पुनः टुटफुटको संघारमा पुगेको छ । दुई पार्टीका नेतृत्व बीच पद र शक्ति बाँडफाँटको विषयमा मन मिल्न नसक्दा केही समय अगाडि एकताको घोषणा गरेको जसपा टुटफुटको संघारमा पुगेको हो ।
त्यस्तै विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्न चिनियाँ टोली सगरमाथाको चुचुरोमा पुगेको छ । सगरमाथाको उचाइ पुनः मापन गर्न प्राविधिक सहितको जम्बो टोली चीनपट्टीको क्षेत्र हुँदै सगरमाथा शिखर पुगेको चिनियाँ समाचार संस्था सिन्हाले जनाएको हो ।
गत शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जना विरुद्ध किटानी जाहेरी दिएका छन् । पीडित परिवारले वडाध्यक्ष डम्बरबहादुर मल्ल, बेहुलीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल र मोहन पुन मगर लगायतका २० जना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दिएका हुन् ।
त्यस्तैगरी सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एशियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा समेत आउने सम्भावना बढेको छ । यही सम्भावनालाई लक्षित गर्दै कृषि तथा पशुपन्छीं विकास मन्त्रालयले उक्त किराबाट नेपालमा हुन सक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो ।
कोरोना भाइरसको महामारीबाट संयुक्त राज्य अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट एक लाख बढी मानिसको ज्यान गएको छ । वल्र्डमिटर्सका अनुसार बुधबारसम्ममा मृतकको संख्या एक लाख नाघेको हो । अहिले अमेरिका विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित व्यक्ति भएको मुलुक पनि हो ।
पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया