काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये गृहमन्त्रालयको पछिल्लो तथ्याङकले पछिल्लो समय भारतबाट स्वदेश फर्कने नेपालीको संख्या वृद्धि भएको देखिएको छ । मन्त्रालयका अनुसार पछिल्लो अढाइ महिनामा ५ लाख ७८ हजार भन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किएका छन् । स्वदेश फर्किएकामध्ये १० प्रतिशतको पनि कोरोना परीक्षण हुन सकेको छैन ।
त्यस्तै अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न जाँदा जाजरकोटका एक युवकको हत्या गरिएको छ । जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विकलाई अन्तरजातीय विवाह गर्न जाँदा हत्या गरिएको हो । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउन तीव्र तयारी थालेको छ । जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण सरकारले बजेटको तयारी तीव्र पारेको हो । सरकारले स्वास्थ्य र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट निर्माण गरी रहेको छ ।
त्यस्तैगरी सरकारले संविधान संशोधनको तयारी थालेको छ । नयाँ नक्सा जारी भएसँगै नेपालको संविधानमा रहेको निसान छाप परिमार्जन गर्न संविधान संशोधन गर्न लागिएको हो । संविधान संशोधन गर्न प्रतिपक्षी दलहरुको साथ आवश्यक भएपनि अहिलेसम्म कुनै पनि प्रतिपक्षी दलले औपचारिक धारणा सार्वजनिक गरी सकेका छैनन् ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्च कर्पाेरेसन (एमसीसी) संसदबाट पारित गर्ने वा नगर्ने विषयमा विवाद देखिएको छ । वर्तमान एमसीसीमा आवश्यक परिमार्जन गरी पारित गर्नुपर्ने आवाज उठिरहेका बेला सरकारले एकाएक आगामी वर्षको नीति तथा कार्यक्रममा एमसीसीलाई समावेश गरेसँगै विवाद सतहमा आएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला :





























प्रतिक्रिया