विश्वमा कोरोना प्रभाव, कहाँ कस्तो ?

विश्वमा कोरोना प्रभाव, कहाँ कस्तो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ बाट यो सामाग्री तयार पर्दासम्म विश्वमा ४८ लाख ९३ हजार २ सय ६० भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । जसमा १९ लाख ७ हजार ९ सय ९० बिरामी निको भएका छन् । साथै मृत्युको संख्या बढेर ३ लाख २० हजार १ सय ७३ पुगेको छ ।

संक्रमणबाट बच्नका लागि विश्वका अधिकांश देशहरुमा लकडाउन गरिएको छ । नेपालमा पनि लकडाउन जेठ २० अर्थात् जुन २ सम्म थप गरिएको छ । मन्त्रिपरिषदको बैठकले लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप्न सिफारिस गरेको थियो ।

यसअघि गत चैत ११ गते देखि जारी लकडाउन ६ पटक थपिसकिएको छ । नेपालमा हालसम्म ३७५ जना संक्रमित भएका छन् । जसमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।

जर्मनीमा भने, प्रहरीले देशमा लागु गरिएको लकडाउन बिरुद्ध प्रदर्शन गर्ने ३०० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ । उनीहरु सामाजिक दूरी नियमहरुको उल्लंघनमा थिए ।

न्यूयोर्कका गभर्नरले कार्यक्रममा लाइभ कोरोना टेस्ट गराए

न्युयोर्कका गभर्नर एन्ड्रयू क्युमोले पत्रकारहरुको अगाडि लाइभ कार्यक्रमको समयमा कोरोना भाइरसको परिक्षण गरेका छन् । क्युमोले भने ‘हाम्रो राज्यमा हरेक दिन करीब ४० हजार परीक्षण चाँडो र सजिलो तरिकाले भइरहेको छ । न्युर्योक अमेरिकाको महामारीको केन्द्र भएको छ । २४ घण्टामा त्यहाँ ८ सय २० जना व्यक्तिको मृत्यु भएको छ । मृत्युको संख्या ९१ हजार ९ सय ८१ पुगेको छ । न्युर्योक र न्युजर्सी शहर सबैभन्दा बढी प्रभावित छन् । न्युयोर्कमा मात्र तीन लाख भन्दा बढी संक्रमितहरु छन् । त्यस्तै न्युजर्सीमा एक लाख भन्दा बढी केसहरु छन् । जसमा दश हजार जनाले ज्यान गुमाइसकेका छन् ।

फ्रान्समा २८ हजार बढीको मृत्यु

फ्रान्सले २४ घण्टामा २५९ जनाले ज्यान गुमाइसकेको छ । मृतकको संख्या तिब्र रुपमा बढिरहेको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले अस्पताल र वृद्धाश्रममा धेरै जनाको संख्यामा मृत्यु भइरहेको बताएको छ ।

फ्रान्समा १ लाख ७९ हजार भन्दा बढी संक्रमित छन् । फ्रान्सले अर्थ व्यवस्था ट्रयाकमा ल्याउन विगत दुई महिनादेखि लकडाउन लागू गरिएको नियममा केही परिवर्तन गरेको छ । केही आर्थिक गतिविधिहरु यहाँ सुरु गर्न अनुमति दिइएको छ । स्वास्थ्यमन्त्री ओलिवर वीरनले १० देखि १५ दिनभित्र स्थिति समीक्षा गर्ने बताएका छन् । साथै त्यसपछिका दिनहरुमा थप रणनीति बारे विचार गर्ने समेत भनेका छन् ।

इटालीमा नयाँ संक्रमण र मृत्युमा कमी

इटालीमा १० हप्ता लामो लकडाउनलाई बल्ल राहत मिलेको छ । यहाँ सबैभन्दा कम १४५ जनाको मृत्यु भएको छ । लकडाउन लागू गरिए पछिको यो सबैभन्दा कम संख्या हो । मृत्युदरमा दैनिक कमी आउँदैछ । यहाँ २४ घण्टामा नयाँ संक्रमण जम्मा ६७५ मात्र देखा परेका छन् । यो ठूलो राहत मार्च ४ पछिको सबैभन्दा कम हो । यहाँ रेस्टुरेन्ट, सैलुन, समुद्री तट पनि खोलिएको छ ।

ब्राजिलमा १६ हजार भन्दा बढीको मृत्यु

ल्याटिन अमेरिकी देश ब्राजिलमा २४ घण्टामा ४८५ व्यक्तिको मृत्यु भएको छ । यहाँ मर्नेहरुको संख्या १६ भन्दा बढी पुगेको छ । एक दिनमा ७ हजार ९ सय ३८ नयाँ संक्रमित देखिएको छ । यहाँ कुल संक्रमित संख्या बढेर २ लाख ५५ हजार भन्दा बढी पुगेको छ । ब्राजिलमा नयाँ संक्रमण र मृत्यु संख्यामा कमी आएको छैन । संक्रमणको सन्दर्भमा ब्राजिल अमेरिका, रसिया, स्पेन र बेलायत पछि पार्चौ स्थानमा पुगेको छ ।

चीनमा ७ नयाँ संक्रमण

चीनमा २४ घण्टामा ७ वटा नयाँ केशहरु देखिएको छ । यसैबीच ११ बिरामीहरु निको भएका छन् । चीनमा एक हप्तादेखि एक जना पनि मरेका छैनन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले भनेका छन् ७ मध्ये चारवटा नयाँ संक्रमण बाहिरका व्यक्तिबाट आएको छ । चीनमा बाहिरबाट आएका कुल १७०४ व्यक्ति संक्रमित भएको पुष्टि गरिएको छ । चीनमा ८२ हजार ९ सय ६० संक्रमित भएका छन् । जसमा ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

लकडाउनका समयमा द.अफ्रिकामा रक्सी र चुरोटको बिक्रीमा निषेध

दक्षिण अफ्रिका सात हप्ताको लागि बन्द छ । यस समयमा सरकारले रक्सी र चुरोट बिक्रिमा पनि प्रतिबन्ध लगाएको छ । यसले अपराध घटाउन सहयोग पु¥याएको छ । हालसम्म देशमा १५ हजार भन्दा बढी संक्रमित भइका छन् । जसमा २६४ जनाको मृत्यु भएको छ ।

जर्मनीमा लकडाउन उल्लंघन गर्ने ३०० प्रदर्शनकारीहरु पक्राउ

जर्मन प्रहरीले ३०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । जर्मनमा लकडाउनको बिरुद्ध प्रदर्शन गर्दैछन् । उनीहरु सामाजिक दूरी नियमहरुको उल्लंघनमा थिए । ती मध्ये दुई जना फरार भएका छन् । त्यहाँ प्रत्येक कार्यक्रममा ५० जना भन्दा बढी उपस्थित हुन अनुमति दिएको छैन ।

प्रदर्शनकारीहरुसँगको झडपमा पाँच प्रहरी घाइते भएका छन् । एक जना अफिसरलाई अस्पतालमा भर्ना गर्नुपरेको थियो । इजरायलमा संक्रमणका नौ नयाँ केशहरु भेटिए इजरायलमा २४ घण्टाको अवधिमा नौ वटा नयाँ केशहरु देखिएका छन् । जसमा चार व्यक्तिको मृत्यु भएको छ । हालसम्म देशमा १६ हजार ६ सय ११ जना संक्रमित भएका छन् । जसमा २७२ जनाले ज्यान गुमाएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संक्रमण कम भएका क्षेत्रहरुमा विद्यालय खोल्न घोषणा गरेका छन् । यस अवधिमा सरसफाई बाहेक बच्चाहरु बीच शारीरिक दुरी कायम गर्न विशेष ध्यान दिने बताएका छन् । २० मे देखि मानिसहरुलाई समुद्र तटमा जान अनुमति दिइनेछ ।

पोर्चुगलमा लकडाउन ३१ मे सम्म बढाइयो

युरोपेली देश पोर्चुगलमा लकडाउन ३१ मे सम्म थप गरिएको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय आपतकालिन घोषणा प्रस्ताव पारित गरेको थियो । यो निर्णयले देशमा संक्रमणको प्रसारलाई कम गर्न र आर्थिक गतिविधिहरु सुरु गर्न मद्दत गर्नेछ । यहाँ संक्रमणको अवस्था बाहेक सामाजिक र आर्थिक अवस्थाको समीक्षा गरेपछि मात्र थप रणनीति तयार गर्नेछ । यहाँ आपतकालिन पहिलो पटक मार्च १८ मा लागू गरिएको थियो । जुन अहिलेसम्म दुई पटक थपिएको छ ।

Logo