कोरोना भाइरस संक्रमितको संख्या चीनमा भन्दा भारतमा धेरै

कोरोना भाइरस संक्रमितको संख्या चीनमा भन्दा भारतमा धेरै

केन्द्रबिन्दु
0
Shares

दिल्ली,

गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । योसँगै भारतमा शनिबारसम्म भाइरस संक्रमितको संख्या ८५ हजार ९ सय ४० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय जनाएको छ ।

भारतमा संक्रमितको यो संख्या कोरोना भाइरसको इपिसेन्टर चीनमा भन्दा धेरै हो । चीनमा अहिलेसम्म ८२ हजार ९ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या ४ हजार ६ सय नाघेको छ । यता भारतमा शुक्रबार एकै दिनमा १०३ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ५२ जना पुगेको छ । यसैगरी संक्रमणपछि निको भएका बिरामीको संख्या ३० हजार १ सय ५२ जना रहेको छ ।

भाइरस संक्रमणबाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन्, जहाँ २९ हजार १ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । यो संख्या भारतमा संक्रमित हुनेको झण्डै ४० प्रतिशत हुन आँउछ । उक्त स्थानमा संक्रमणपछि ६ हजार ५६४ व्यक्ति निको भएर घर फर्किएका र भाइरसका कारण १ हजार ६८ जनाको मृत्यु भइसकेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यसै गरि भारतको महाराष्ट्रपछि तमिलनाडू दोस्रो धेरै संक्रमित भएको स्थान बनेको छ । दिल्लीमा पनि भाइरसको संक्रमणको संख्या उच्च रहेको छ । जहाँ ८ हजार ९ सय ३१ जनामा भाइरस पुष्टि भइसकेको छ । यसरी संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले मे १७ सम्मको लागि लकडाउन जारी राख्ने घोषण यस अघिनै गरिसकेको छ ।

Logo