अमेरिकामा कोरोना भाइरसको संक्रमण अति भयावह हुन सक्ने चेतावनी

अमेरिकामा कोरोना भाइरसको संक्रमण अति भयावह हुन सक्ने चेतावनी

केन्द्रबिन्दु
0
Shares

अमेरिका ।

अमेरिकाका एक वरिष्ठ स्वास्थ्यविज्ञले आधुनिक इतिहासमै सबैभन्दा खराब समयको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । कोरोना भाइरसविरुद्धको खोप बनाउने सरकारी निकायका पूर्व प्रमुख रिक ब्राइटले आउँदो हिउँदमा कोरोना भाइरसको संक्रमण अति भयावह हुन सक्ने चेतावनी दिएका हुन् ।

ब्राइटले अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको स्वास्थ्य उपकमिटीसमक्ष महामारीको सुरुवाती चरणमै प्रशासनले उचित कदम नचाल्दा धेरै मानिसको मृत्यु भएको पनि बताएका छन् । आपूmले कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्य सामग्रीको अभाव रहेको कुरा ध्यानाकर्षण गराए पनि कुनै सुनुवाई नभएको उनको भनाइ थियो । उनले महामारीसँग जुध्ने अवसर अमेरिकाले गुमाएको भन्दै महामारी लम्बिने र थप खराब बन्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा गत महिना बर्खास्त गरिएका उनले ट्रम्पबाट कोरोना भाइरसको उपचार हुने भन्दै सुझाइएका अप्रमाणित औषधि तथा विधिप्रति गम्भीर चासो व्यक्त गरे लगत्तै आफूलाई बर्खास्त गरिएको दावी गरेका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म करिब ८७ हजार मानिसको मृत्यु भैसकेको छ भने १४ लाख ५७ हजार भन्दा बढी संक्रमित भएका छन् । कोभिड १९ बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ भने संक्रमित हुनेहरुको संख्या ४५ लाख नाघेको छ । संक्रमित मध्ये १७ लाख भन्दा बढी भने निको भएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस पछिल्लो समय युरोल केन्द्रित बनिरहेको छ । युरोपमा मात्रै एक लाख ५९ हजार भन्दा बढीको मृत्यु भएको छ भने १७ लाख १९ हजार भन्दा बढी संक्रमित भएका छन् ।

Logo