जेनेभा ।
कोरोना भाइरसका कारण विश्वभर ३ लाख ३ हजार ६५ व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४५ लाख २० हजार ७०१ पुगेको छ । निको हुनेको संख्या १७ लाख १ हजार ९८५ पुगेको छ ।
विश्वभर २४ घण्टाको अवधिमा ८८ हजार २२० जना नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन पनि ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३१४ जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २४ लाख २४ हजारको स्वास्थ्य अवस्था सामान्य छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोना भाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३५ हजार जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७७२ जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ १ हजार ६३० जनाको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८६ हजार नाघेको छ ।
कोरोनाबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ ।





























प्रतिक्रिया