काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।
आजका प्रमुख समाचारहरुमध्ये नेपाल भारत बीचको सीमा विवाद सुल्झाउन नेपालका सबै राजनीतिक दल एकजुट भएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सीमा विवाद सुल्झाउन सबै दलले एकजुट हुनुपर्ने बताएका हुन् । भारतले केही समय पहिले नेपाली भूमि कब्जा गरेर चीनको मानसरोवर जाने बाटो निर्माण गरेको थियो ।
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १ देखि १० कक्षासम्मका विद्यार्थीका लागि उपयोगी ई लर्निङ पोर्टल सञ्चालनमा ल्याएको छ । लकडाउनका कारण नियमित कक्षा लिनबाट बन्चित भएका विद्यार्थीलाई लक्षित गर्दै मन्त्रालयले पोर्टल सञ्चालनमा ल्याएको हो ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुको नाफा घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको झण्डै १ प्रतिशतले नाफा घटेको हो ।
त्यस्तैगरी उपत्यकामा बाहिरबाट आएका मानिसहरुलाई घरमा प्रवेश निषेध गर्ने लहर चलेको छ । देशैभर एवं काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएसँगै उपत्यकामा प्रवेश निषेध गर्ने लहर चलेको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओे) ले कोरोना भाइरसकाे खोप पत्ता लागेपनि निर्मूल गर्न नसकिने जनाएको छ । डब्लूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले सो चेतावनी दिएका हुन् । कोरोना भाइरस नियन्त्रणका लागि भविष्यवाणी नगर्न आग्रह गर्दै उनले महामारी नियन्त्रण भएपनि पूर्ण रुपमा निर्मूल पार्न नसकिने बताए । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला































प्रतिक्रिया