डेंगुको संक्रमणदेखि नेकपा सांसद विरुद्ध उजुरीसम्म (भिडियोसहित)

डेंगुको संक्रमणदेखि नेकपा सांसद विरुद्ध उजुरीसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये कोरोना भाइरस संक्रमणकाे जोखिमका बीच म्याग्दीमा डेंगुको संक्रमण पनि फैलिन थालेको छ । विश्वव्यापी रुपमा कोरोनाको महामारी फैलिइरहेका बेला म्याग्दीमा डेंगुको संक्रमण पनि फैलिदै गएको हो । म्याग्दीमा शुक्रबार थप दुई जनामा डेंगु देखिएसँगै कूल संक्रमितको संख्या नौ पुगेको छ ।

त्यस्तै भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतको धार्मिक स्थल मानसरोवर जाने ७८ किलोमिटर सडक मार्ग विस्तार गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिंक रोड उद्घाटन गरेका थिए । भारतले एकपक्षीय रुपमा नेपाली भूमिमा बाटो निर्माण गरेपछि नेपालीहरुले व्यापक विरोध गरी रहेका छन् ।

सरकारले शुक्रबारदेखि विभिन्न ४४ किसिमका उद्योग व्यवसाय सञ्चालन गर्न अनुमति दिएपनि खुल्न सकेका छैनन् । सरकारले उत्पादन मूलक उद्योग खोल्ने अनुमति दिएपनि पर्याप्त पासको व्यवस्था गर्न नसक्दा कामदारको अभावमा उद्योगहरु सञ्चालनमा आएका छैनन् ।

त्यस्तैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट हाउसमा वैदिक शान्ति पाठ गराएका छन् । राष्ट्रिय प्रार्थना सेवा दिवसको अवसरमा बिहिबार हिन्दु पुजारीले ह्वाईट हाउसको रोज गार्डेनमा शान्ति पाठ गराएका हुन् ।

नेकपाका सांसद सहित पूर्व प्रहरी महानिरिक्षक विरुद्ध काठमाडौं प्रहरीमा उजुरी दर्ता भएको छ । तत्कालिन समाजवादी पार्टीका सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको अभियोगमा सत्तारुढ नेकपाका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनाल विरुद्ध शुक्रबार अपहरण तथा शरीर बन्धक अभियोगमा उजुरी दर्ता भएकोे हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला

Logo