काेराेनाका कारण विश्वभर २ लाख ४८ हजारको मृत्यु

काेराेनाका कारण विश्वभर २ लाख ४८ हजारको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जेनेभा । कोरोना भाइरसका कारण विश्वभर २ लाख ४८ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ भने संक्रमितको संख्या ३५ लाख ६८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ३ हजार ४ सय ८१ जनाको मृत्यु भएको छ ।

अघिल्लो दिन २४ घण्टाको अवधिमा ५ हजार २ सय १५ जनाको ज्यान गएको थियो । कोरोना भाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन, फ्रान्स र बेलायतमा २४ घण्टाको अवधिमा मृत्युदरमा सामान्य गिरावट आएको छ । विगत २४ घण्टामा इटालीमा १ सय ७४, स्पेनमा १ सय ६४, फ्रान्समा १ सय ३५ र बेलायतमा ३ सय १५ जनाको ज्यान गएको छ ।

संयुक्तराज्य अमेरिकामा पनि मृत्युदरमा कमी आएर १ हजार १ सय ५४ जनाको मृत्यु भएको छ ।– रासस/एएफपी

Logo