काठमाडौं ।
बलिउड अभिनेता इरफान खानको निधन भएको छ । विगत दुई वर्षदेखि न्यूरोइनडक्ट्राइन ट्युमर रोगले पीडित उनको ५४ वर्षको उमेरमा निधन भएको हो ।
स्वास्थ्य अवस्था खराब भएपछि उनी मंगलबार मुम्बईस्थित कोकिलाबेन धिरभाई अम्बानी अस्पतालमा भर्ना भएका थिए । इरफानको स्वास्थ्य बिग्रँदै गएकोले उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।
उनले यसअघि एक वर्ष लण्डनमा बसेर क्यान्सरको उपचारसमेत गराएका थिए । आज उनको निधन भएको चलचित्र निर्माता शुजित सिर्कारले पुष्टि गरेका छन् ।उनले ट्वीट गर्दै इरफानको आत्माको शान्तिको लागि प्रार्थना लेखेका छन् ।
खानले सलाम बम्बे, द लञ्च बक्स, पिकु, मक्बुल, तलबार जस्ता चर्चित चलचित्रमा अभिनय गरेका थिए।
































प्रतिक्रिया