राष्ट्रपतिले प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि कानुन मन्त्रीद्धारा राजीनामा

राष्ट्रपतिले प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि कानुन मन्त्रीद्धारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

ब्राजिल ।
ब्राजिलका कानुन मन्त्री सेर्गियो मोरोले शुक्रबार पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति जैर बोल्सोनारोले केन्द्रिय प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि त्यसप्रति असन्तुष्टि जनाउदै कानुन मन्त्रीले राजीनामा दिएका हुन् ।

कानुन मन्त्री मोरो पुर्व केन्द्रीय न्यायाधिश पनि हुन् । उनी भ्रष्टाचार विरोधी प्रभावशाली व्यक्तिका रुपमा पनि परिचित छन् । राष्ट्रपति बोल्सोनारोले राजनीतिक निरंकुशता बढाउदै लगेको र प्रहरी प्रमुखलाई बर्खास्त गरेको भन्दै उनले असन्तुष्टि जनाउँदै आएका थिए ।

कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेका बेला ब्राजिलमा राजनीतिक संकट पनि बढ्ने देखिएको छ । राष्ट्रपति बोल्सोनारोले यसअघि गत हप्ता तत्कालिन स्वास्थ्य मन्त्री लुइज हेनरिक मन्डेट्टालाई पनि बर्खास्त गरेका थिए । कोनोरा भाइरसको संक्रमण नियन्त्रणका लागि अपनाउने उपायका बारेमा आफ्नो भन्दा फरक मत राखेको भन्दै राष्ट्रपति बोल्सोनारोले तत्कालिन स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।– रासस/एएनआई

Skip This
Skip This
Logo