काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणका कारण सोमबार विहान सम्म विश्वभर एक लाख ६५ हजारको ८३ को मृत्यु भएको छ भने २४ लाख ७ हजार ६०२ सङ्क्रमित भएका छन् । यसबाट निको हुनेहरुको संख्या ६ लाख २५ हजार ३०७ रहेको छ ।
मृत्यु भएका मध्ये दुई तिहाई सङ्ख्या यूरोपका रहेको विभिन्न देशका स्वास्थ्य तथा गृह मन्त्रालयहरूले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
विश्वभर एक लाख ६५ हजारको मृत्यु हुँदा यसको करिव दुई तिहाई अर्थात् एक लाख ७९४ जनाको यूरोपमा मृत्यु भएको छ ।
युरोपमा कोरोना भाइरस सङ्क्रमण ११ लाख भन्दा बढीमा देखिएको छ । यस भाइरसको सङ्क्रमणबाट बढी प्रभावित यूरोपेली मुलुकहरूमा इटाली, स्पेन, फ्रान्स, बेलायत र जर्मनीलगायत रहेका छन् ।
कोरोना भाइरसको सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकामा मात्र करिव ४० हजारको मृत्यु भएको छ । यहाँ ७ लाख भन्दा धेरैमा संक्रमण फैलिएको छ । इटालीमा २३ हजार ६६० जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा २० हजार ४५३, फ्रान्समा १९ हजार ७१८ र बेलायतमा १६ हजार ६० जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यी देशहरु मध्ये इटालीमा संक्रमितको संख्या १ लाख ७८ हजार ९७२, स्पेनमा १ लाख ९८ हजार ६७४, बेलायतमा १ लाख २१ हजार १७३ र फ्रान्समा १ लाख ५४ हजार ९४ पुगेको छ । जर्मनीमा १ लाख ४५ हजार ७४२ जना संक्रमित भएका छन् । यहाँ मृत्यु हुनेको संख्या ४ हजार ६४२ छ । रासस/एएफपी































प्रतिक्रिया