नयाँ दिल्ली । राष्ट्रिय राजमार्गमा यतिबेला गाडीको आवाज भन्दा बढी मजदुरहरुको पैदल परेडको आवाजले गुञ्जयमान भएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न यतिबेला पुरा भारतभर लकडाउन छ । सबै जस्तो यातायात यतिबेला ठप्प छ ।
गल्ली, टोल, बजार अहिले सुनसान छ । यतिबेला हजारौं मजदुर भारतको अलग अलग भुभागबाट पैदल यात्रा गरेर आआफ्नो गाँउ फर्कदै छन् । पूर्व सांसद बलबरी पुंज भन्छनर्् मान्छेहरु भोकको डरले भागेको होइन बरु परिवारसँग छुट्टी मनाउनको लागि गाँउ गईरहेका छन् ।’ तर, यो छुट्टी यी मजदुर वर्गहरुको लागि क्रुर आपत बनेर आएको छ भन्ने कुराको झलक दिल्लीको आनंन्द बिहारको बसर्पाकमा गएको आइतबार सजिलै देख्न सकिन्थ्यो ।
बिहानको करिव नौ बजे हरियाणाको गुरुग्रामबाट पैदल हिड्दै यहाँ आइपुगेका चंदन कुमार र उनको परिवारको हिम्मतले जवाफ दिदैं थियो । करिब ४५ किमी पैदल यात्रा गरिसकेका उनको श्रीमती अब एक कदम पनि हिड्न सक्ने अवस्थामा थिईनन् । सडक किनारको फुटपाथमा बस्न साथ उल्टी हुन्थ्यो लगातार थकानले चिच्याउथिन् । यिनीहरुलाई बनारस पुग्नु छ । उनी दोधारमा पर्छन् श्रीमतीलाई यस्तो अवस्थामा छोडेर कसरी बनारसको गाडी खोज्न जाने भनेर ।

यिनीहरुको केही मिटरको नजिकै सीआरपिएफको दुई जवान उपस्थित छन् । एक जनाको कांधमा पंप एक्शन गन झुन्डीरहेको छ भने अर्कोको कांधमा अश्रुग्यास साथै अश्रुग्यासले भरिएको बाक्सा साथमा छ । भलै यहाँ अश्रुग्यास छाड्नुपर्ने अवस्था छैन तर पनि यहाँ उपस्थित मान्छेहरुको आखाँमा आँशुले बुडुल्की मारिरहेको छ । कयौं किलोमिटर पैदल यात्रा गरेर आएका प्रायजसो मान्छेहरु यस कुराले पनि चिन्तित बनाएको थियो कि आफ्नो गाँउ जाने गाडी पाउँछ पाउदैन भनेर । अर्कोतिर सीआरपिएफको जवानहरुले त्यहा अर्कोतिर जान भनिरहेका थिए जहाँ सयौंको संख्यामा बस खडा थियो ।
डीटीसी बसका चालक मनीष भन्छन्, ‘यहाँ करिव १५ हजार मान्छेहरु जम्मा भएका थिए । हामीले रातभरी कयौं पटक गरेर मान्छेहरुलाई लाल कुआमा छोडेका थियौं जहाँबाट उनीहरूले उत्तर प्रदेशको विभिन्न ठाँउमा जाने गाडी पाउन सकिन्थ्यो ।’ यहाँ लगभग ५७० वटा गाडीहरु तैनाथ थिए । शनिबार रातिसम्म यहाँ आइपुगेका सबैलाई हामीले सिर्फ लालकुआसम्म छोडेका थियौं जुन दिल्ली र उत्तरप्रदेशको बोर्डर छेउमा छ ।
आइतबार बिहानबाट करिव तीनसय सिधा दिल्लीबाट उत्तरप्रदेशको अलग अलग जिल्लाहरुकालागि छुटेका छन् । दिल्ली कन्ट्याट बस एसोसिएशनसँग आवद्ध डीएस चौहान भन्छन्, ‘दिल्ली सरकारले शनिबार बिहान हामीसँग बस मागेको थियो । हाम्रो बस तयार पनि थियो तर फेरि अस्वीकृत गरिदिए । फेरि शनिबार राति फोन आयो अनि हामीले बिहानैबाट करिव तीनसय वटा बसहरु लगायौं जुन बसहरु अलग अलग शहरहरुको लागि निस्कीसकेका छन् । र, हामीले यो कामका लागि मान्छेहरूसँग टिकट पनि लिएका छैनौँ ।’
डीएस चौहानका शब्दहरूले दिल्ली सरकार बसहरू चलाउने निर्णयमा कति अलमल्ल थियो भन्ने कुराको वर्णन गर्न सकिन्छ । तर शनिबार राति जब अवस्था एकदम नराम्रो भयो र हजारौं मानिस आनन्द विहारमा भेला हुन थाले, तब दिल्ली सरकारले बसहरू चलाउन सुरू ग¥यो । तर जब बस चल्ने सिलसिला सुरू हुने बित्तिकै मानिसहरू घरबाट निस्के र बसपार्कमा पुग्न थाले ।
आनंद विहार पुगेका मानिसहरूले सोधे कि उनीहरू किन यहाँ आफ्नै स्थानमा बस्दैनन् ? प्रायः उही उत्तर प्राप्त भयो कि बन्दाबन्दीपछि दैनिक ज्याला मजदुरी रोकिएको छ । नजिकको रासन पसलहरूमा धेरै महँगोमा सामानहरु बिक्री गर्न सुरू गर्याे र कुनै सरकारी सहायता आएको छैन । यस्तो अवस्थामा कति दिन भोकै बस्न सकिन्छ । त्यसैकारण आफ्नो गाउँ फर्कदै छौं । बिहान १० बजेसम्म आनन्द विहार पुगेका व्यक्तिलाई उनीहरूको गाउँमा पु्याइदैछ ।
तर ती मानिसहरु जो दिल्लीबाट आनंद विहार आएका छन् उनीहरुलाई पुलिसले रोक्न शुरू गरेका छन् । यस्तो अवस्थामा दिल्लीका विभिन्न क्षेत्रमा सयौं मानिसहरू उभिएका देखिए । त्यहाँ सयौं मानिसहरू छन्, जो अहिले लालकुआतिर हिड्दैछन् । यो आशामा पैदल हिडिरहेका छन् कि त्यहाँ पु्गेर गाँउ जानकालागि गाडी पाइन्छ कि सायद ।
आनंद विहारबाट लालकुआं जाने दुबैतर्फ यस्ता मान्छेहरूको लामो लाइन देख्न सकिन्छ । जो टाउकोमा लुगा र झोला बोकेर हिडिरहेका छन् । कति मान्छेहरु त साना बच्चाहरूलाई काँधमा बोकेर हिडिरहेका छन् र त्यहाँ धेरै त्यस्ता मानिसहरू पनि छन् जसका बच्चाहरूले तिनीहरूलाई पछ्याइरहेका छन् । यी व्यक्तिहरू दिल्लीबाट बाहिर निस्केका मात्र होइन जो आफ्नै गाउँहरू गइरहेका छन् । त्यहाँ यी व्यक्तिहरूको पनि ठूलो संख्या छ जो देशको विभिन्न क्षेत्रबाट आएका छन् । मोहम्मद जीशान र उनका साथीहरू इलाहाबादबाट आएका हुन् जो मुजफ्फरनगर जादैछन् । यी मानिसहरू इलाहाबादबाट कहिले ट्रकमा बसेर त कहिले टेम्पोमा बसेर दुइदिनको यात्रा गरेर यहाँ आइपुगेका छन् ।
काम रोकेएपछि ठेकेदारहरूले पनि सहयोग गरेनन्
जीशान र तिनका सहकर्मीहरू पीओपीको रूपमा काम गर्थे । काम बन्द भएको दिनदेखि उनका ठेकेदारले काम सरू भएपछि मात्र काममा आउनु भने । उनी भन्छन, “हामी ठेकेदारको नजिकै बस्ने गथ्र्याैं । उनले हामीलाई दुई दिनको लागि खाना दिए तर त्यसपछि भने तपाईंहरु घर फर्कनुहोस् । थाहा छैन कहिलेसम्म काम बन्द हुन्छ । यदि हामीलाई खाने र बस्ने ठाउँ मात्र पनि व्यवस्था हुन्थ्यो भने यस्तो समस्यामा हामी यत्तिको लामो यात्रामा कहिल्यै गर्ने थिएनौं ।”
यस्तै अवस्था कानपुर नजिकैको पन्की पावर हाउसमा कार्यरत करिव १० भन्दा बढी सिख युवाहरू पनि छन् । काम रोकेपछि उनीहरूलाई घर फर्कन भनियो । यी युवाहरुलाई अमृतसर जानुपर्छ तर उनीहरूलाई कसरी पुग्ने भन्न बारे कुनै ज्ञान छैन । यिनीहरु पैदल हिडदै आनंद विहारतिर जाँदै थिए तर पुलिसले उनीहरूलाई त्यहाँ जान रोकेको थियो । अब सडकमा उभिएर यी व्यक्तिहरू अमृतसर वा पंजाबतिर जाने रेलहरूको पर्खाइमा छन, जुन आउने कुनै सम्भावना नै छैन ।
दिल्लीदेखि लालकुआ तर्फको यस राजमार्गमा दर्जनौं यस्ता मानिसहरु पनि छन् जसले फलफूल, पानीको बोतल, छाछ, बिस्कुटको प्याकेट र रोटी तरकारी जस्ता खानेकुराहरु यी पैदलयात्रुलाई वितरण गरीरहेका छन् । दिल्लीका स्थायी वासीन्दा विपिन जोशी, नौशेर अली, मनिंदर सिंह जस्ता तमाम व्यक्तिहरु जो दिल्लीबाट आ आफ्नै गाडीमा खानेकुरा लिएर यहाँ आएका छन् र मानिसहरूलाई यो खानेकुरा बाडिरहेका छन् ।
जब मोदीले सामाजिक दूरीका बारेमा कुरा गर्दै थिए तब मानिसहरू एकसाथ ट्रकमा चढीरहेका थिए
उत्तर प्रदेश पुलिसका अधिकारी र सिपाहीहरू पनि राजमार्गको ठाउँ ठाउँमा उपस्थित छन् । उनीहरू स्थिति नियन्त्रण गर्न प्रयास गरिरहेका छन् । सब इन्स्पेक्टर विशाल सिंहले यहाँबाट लालकुआं जाने हरेक खाली गाडीहरु रोक्दै पैदल यात्रुहरुलाई चढाएर पठाईरहेका छन् । जब पुलिसहरूले सब्जीको खाली ट्रक रोक्छन, मान्छेहरु मान्छेमाथि मान्छे गर्दै ट्रकमा चढ्दछन् । चाखलाग्दो कुरा के छ भने यो दृश्य उही समयमा हो जब प्रधानमन्त्रीको रेडियोमा ‘मन की बात’ कार्यक्रम प्रसारण भईरहेको थियो जसमा प्रधानमन्त्रीर्ले सामाजिक दूरी’ को कुरा गरिरहेका थिए ।

यो पनि होइन कि लकडाउनको क्रममा आफ्नो घरबाट निस्केका यी मानिसहरूलाई ‘सामाजिक दूरी’को बारेमा सचेत छैनन् । बिहार घर भएका रामबालक पण्डित र उनका साथीहरूले यसलाई राम्ररी बुझेका छन् कि यस्तो अवस्थामा सामाजिक दूरी बनाई राख्न कत्तिको महत्वपूर्ण छ भन्ने कुरा । यी ८ जना युवाहरु जो उत्तर प्रदेशको साहिबाबादबाट साइकलमा पटना जानकालागि हिडेका छन् । साइकल चलाउने सवालमा उनीहरु भन्छन, “बसमा जुनखालको भीडभाड छ त्यसमा संक्रमणको उच्च जोखिम हुन्छ । त्यसैकारण हामी साइकलमा जाँदैछौ ताकि मानिसहरूबाट टाढै रहौ ।
जब राम बालक पण्डित र उनका साथीहरू यो अवस्थाबारे राम्ररी बुझेका छन, तब तिनीहरू किन बन्दाबन्दीको बेलामा पनि बाहिर निस्केको त भन्ने प्रश्नको उत्तर दिँदै पिन्टुकुमार पंण्डित भन्छन्, “म पित्तलको काम गर्छु र महिनामा ६ हजार कमाउँछु । यस महिना काम बन्द हुनु भन्दा अघि नै चार छुट्टीहरू थिए त्यसैले यो महिना दुई हजार रुपिँया मात्र आयो । यसमध्येबाट आठ सय रुपिँया कोठाको भाडा तिरीसके । बाँकी बचेको पैसाले कति दिन चल्न सकिन्छ र ? राशनको मुल्य लगभग दोब्बर भएको छ ।”
कोही पनि वस्तीमा रासन र खाना बाड्न आएका छैनन्
यतिबेला धेरै व्यक्तिले व्यक्तिगत रुपमा खाना बाँडिरहेका छन, तर यी व्यक्तिहरूले त्यहाँ वितरण गरिरहेका छन, जहाँ मान्छेहरु पैदल हंडिरहेका छन् । हाम्रो कालोनीमा कोही रासन वितरण गर्न आएका छैनन् । बाहिर निस्किने हो भने पुलिसको कुटाइ खानुपर्ने छुट्टै छ । हामीले घरबाट यसकारण निस्केकाछौं, छोडेका छौं जब हामी मर्नु पर्छ भने हामी गाउँका मानिसहरू बीचमा नै मर्छौं ।
यी आआफ्नो गाउँहरूमा फर्केका मानिसहरू मध्ये त्यहाँ एक महिनाको तलब पाएको शायद सायद कोही होला । यहाँ सबै यस्ता मानिसहरु छन् जो दिनगन्तीको आधारमा काम गर्दछन् । कोही ज्याला मजदुरीको रूपमा काम गर्छन, कोही डकर्मीको रूपमा काम गर्छन, कोही पन्चर टाल्ने, कोही रिक्शा चलाउने यी आदी सानो तिनो काम गर्नेहरु छन् । यस्तो अवस्थामा यी व्यक्तिहरूको लागि २१ दिनको लकडाउनको अर्थ भनेको आयश्रोतको सबै बाटोहरु पूर्ण रूपमा बन्द हुनु हो । जबकी कोठाको भाडादेखि रासनसम्मको खर्चहरू तब मात्र प्राप्त हुन्छ जब यी मान्छेहरू दैनिक काममा जान्छन् । त्यसोभए काम नभएको वर्तमान अवस्थामा उनीहरूको खर्च घटाउने एक मात्र तरिका भनेको सहर छोड्नु नै हो ।
निजी बसहरूले नराम्रो समयमा पनि नाफा कमाए
लाल कुआं पुगेपछि यो पनि देखिएको छ कि भोक र तिर्खाले छटपटाएका यस्ता मानिसहरूबाट कालोबजारी गर्नेको अभाव छैन । यहाँ धेरै निजी बसहरू उभिएका छन् जुन लखनऊसम्म प्रति व्यक्ति एक हजार सम्मको भाडा लिइरहेका छन् । यस्तै केही बसहरूको छतमा पनि मान्छे बसिरहेका देखिन्छन् । छतमा बस्नेहरूलाई दुई सय रुपैयाँ छुट दिइन्छ । लखनऊको लागि उनीहरुले प्रति व्यक्ति आठ सय रुपैयाँ तिर्नुपर्छ ।

यस्तो उच्च भाँडाको अर्को विकल्प भनेको यी बसहरूको नजिक पार्क गरिएको ट्रक हो । यो ट्रकले प्रति व्यक्ति ५ सय रुपैयाँको दरले मान्छेलाई लखनऊ लैजान तयार छन् । जोसँग सरकारी बसको टिकट छैन र जो सँग निजी बसको भाडा तिर्ने पैसा छैन उनीहरुको विकल्प भनेको या त ट्रक छ या पैदलको यात्रा हो ।
केही यस्ता व्यक्तिहरू पनि छन् जस्तै ३४ वर्षिय सन्तोष कुमार, जसले आफ्नी श्रीमती र आठ वर्षीया छोरीलाई लिएर मध्ये प्रदेश सागरको लागि रिक्सामा निस्केका छन् । रिक्सा चालक सन्तोष रिक्शाको पछाडि केही आवश्यक चीज र हावा भर्नका लागि पम्प बाँधेर हिडेका छन् ।
कयौं घण्टा रिक्शा चलाए पछि, जब तिनीहरू दिल्लीको सिमानाबाट बाहिर निस्कनै लागेका थिए तब पुलिसले उनीहरूलाई अगाडि जान रोके । फेरी तिनीहरू कयौँ किलोमिटर घुमेर अर्को तर्फबाट जाँदै छन, तर पनि तिनीहरू घुम्नु परेकोमा पछुताउँदैनन् । किनकी तिनीहरूको गन्तव्य यति टाढा छ कि तिनीहरूलाई केही किलोमिटर अतिरिक्त रिक्शा चलाएर केही फरक परेको छैन ।
जब हजारौं मानिसहरूले दिल्ली छाडे तब पोस्टरहरू राखिए
साँझ ७ बज्द छ तर पनि दिल्लीको सडकहरूमा मान्छे हिंड्ने प्रक्रिया अझै चलिरहेको छ । यद्यपि, अहिले दिल्ली सरकारले शहरभरि ठूला पोष्टरहरू पनि जडान गरेको छ जसमा यस्तो लेखिएको छ, ’दिल्ली सरकारले तपाईंहरू सबैलाई बस्ने र खानको लागि पूर्ण व्यवस्था गरेको छ । तपाइहरु दिल्ली छाड्नुपर्दैन ।” तर यी पोष्टरहरू लगाउदाँ सम्म हजारौं मानिसहरुले दिल्ली छोडेर गइसकेका छन् ।
अझै पनि सडकमा हिंड्नेहरू मध्ये, प्रायः त्यस्ता छन् जसले दुई तीन दिन अघि मात्रै हिंड्न थालेका थिए र बल्ल दिल्ली आइपुगेका छन् । यी मानिसहरुको आश्चर्यजनक कदमहरू र यी व्यक्तिहरूको चालद्वारा सहजै अनुमान लगाउन सकिन्छ कि तिनीहरू सयौं किलोमिटर पैदल हिडेर आइपुगेका हुन् । तीन दिन अघि हरियाणाको दुर्गम गाउँबाट आएका सलमान पनि यिनीहरू मध्येका एक हुन् जसले पूरै बाटो पैदल हिडेर आएका हुन् । यी व्यक्तिहरू अझै इटावा जान बाँकी नै छ । त्यहाँ कसरी पुग्ने न त उनीहरूसँग यस प्रश्नको कुनै उत्तर छ नत अब उनीहरू संगं पैदल हिड्ने क्षमता छ ।

‘हामी मृत्युबाट भागेका छौं’
अहिले सम्म जति पनि मान्छे देशभरिबाट कोरोना भाइरसको मृत्यु भएको छ लगभग त्यतिनै मानिसहरू पैदलयात्राको कारणले मरेका छन् । यी सबै व्यक्तिहरूलाई थाहा छ कि उनीहरूले जुन यात्रा गरिरहेका छन् त्यो यात्रा कत्तिको खतरनाक छ भन्ने । तर, पनि यी सबै कुरा थाहा हुँदाहुँदै पनि यी मानिसहरूले किन यस्तो जोखिम लिइरहेका छन् ? यस प्रश्नमा बिहार जाँदै गरेका पिन्टु पण्डित स्पष्ट जवाफ दिन्छन, “हामी मृत्युबाट भागिरहेका छौं ।”
(भास्कार डटकममा प्रकाशित यो सामग्री दीपक विकले अनुवाद गरेका हुन्।)





























प्रतिक्रिया