कोरोनासँगै संकटग्रस्त बन्दै विश्व शेयर बजार

कोरोनासँगै संकटग्रस्त बन्दै विश्व शेयर बजार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस संक्रमणका कारण अहिले विश्व अर्थतन्त्र निकै खराब अवस्थामा पुगेको छ ।

यतिबेला कोरोनाका कारण पर्यटन, उद्योग, व्यापार, रेमिट्यान्स, कच्चा तेल, शेयर बजार लगायत विभिन्न क्षेत्रहरु नराम्रोसँग प्रभावित भएका छन् । कोरोना संक्रमणका कारण विश्व शेयर बजार घट्ने क्रम पनि तिब्र रुपमा भएको छ । हरेक दिन जसो शेयर बजार लगातार घटिरहेको छ । अहिले विश्वका हरेक मुलुक कोरोना संक्रमणका कारण प्रभावित भएसँगै ती मुलुकका शेयर बजार पनि प्रभावित भएका हुन् ।

विश्व शेयर बजारमा ब्राजिलको शेयर बजार सबैभन्दा बढी प्रभावित भएको छ । ब्राजिलको शेयर बजार बोबेस्पा २९.०४ प्रतिशतले घटेको छ । त्यस्तै, कोरोना संक्रमणले स्वीजरल्याण्डको शेयर बजारले कम क्षति भोगेको छ । त्यहाँको एसएमआइ मार्केट ५.०८ प्रतिशत मात्रै घटेको देखिएको छ । त्यसैगरी, शेयर कारोबारमा बढी मात्रामा क्षति भोगेका मुलुकहरु अमेरिका, अष्ट्रेलिया, हङ्गेरी, स्पेन, इटाली, फिलिपिन्स, भारत र मेक्सिको लगायत हुन् ।

यी मुलुकहरु सबैभन्दा बढी कारोबार घट्ने प्रमुख १० मुलुकहरुमा परेका छन् । अमेरिकाको स्मल क्याप २७.५३ प्रतिशत, इटालीको एफटिएसइ २१.२३ प्रतिशत तथा स्पेनी बजार २१.४२ प्रतिशतले घटेको छ । तर कोरोना सुरु भएको मुलुक चीनमा भने ८ देखि १२ प्रतिशत मात्रै घटेको देखिएको छ ।

त्यसैगरी भारतको स्टक मार्केट २६.५७ प्रतिशत, अष्ट्रेलियाको स्कट मार्केट २४.८७ प्रतिशत, हंगेरीको स्टक मार्केट २१.६६ प्रतिशत, स्पेनको स्टक मार्केट २१.४२ प्रतिशतसम्म घटेको देखिएको छ । त्यस्तै, छिमेकी राष्ट्रहरुका बजार अझै बन्द छन् । श्रीलङ्का, भुटान, बंगलादेश, पाकिस्तान लगायतका शेयर बजार अझै बन्द रहेकाले त्यहाँको कारोबारमा सुधार आउन सकेको छैन ।

अन्तर्र्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टिलिना जर्जिवाले कोरोनाका कारण १२ वर्ष यताकै खराब अवस्था आएको बताएकी थिइन् । त्यस्तै, विश्व बैंकले पनि कारोना संक्रमणका कारण १ करोड भन्दा बढी गरिबी बढ्न सक्ने आँकलन गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अहिले विश्वका दुई सय भन्दा बढी मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ ।

Logo