आयरल्याण्डका प्रधानमन्त्री कोरोना संक्रमितको उपचारमा खटिने (भिडियोसहित)

आयरल्याण्डका प्रधानमन्त्री कोरोना संक्रमितको उपचारमा खटिने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आयरल्याण्डका प्रधानमन्त्री डा. लियो वराडकर कोरोना संक्रमित विरामीको उपचारका लागि फिल्डमा खटिने भएका छन् ।

कोरोना भाइरसविरुद्धको लडाईंमा स्वाथ्यकर्मीलाई हौसला प्रदान गर्न उनले हप्तामा एक दिन अस्पताल गएर काम गर्ने भएका हुन् । चिकित्सकसमेत रहेका उनले एक स्वास्थ्य सम्बन्धी संस्थान ‘हेल्थ सर्भिस एक्जुकेटिभ’मा गएर चिकित्सा सेवा प्रदान गर्ने दी गार्जियनले उल्लेख गरेको छ ।

प्रधानमन्त्री डा वराडकर गत महिना मेडिकल रिजस्टरमा जोडिएका थिए । उनका परिवारका धेरै सदस्य स्वास्थ्य सेवामा नै काम गरिरहेका छन् । ४१ वर्षीय वराडकरले डब्लिनमा कनिष्ठ चिकित्सकका रुपमा काम गरेका थिए । मेडिकक क्षेत्र त्यागेर पूर्णकालीन राजनीतिज्ञ बन्नु अघि सन् २०१० मा उनी ‘जनरल प्रायाक्टिसनर’का रुपमा योग्य भएका थिए । उनका बुवा एक चिकित्सक हुन भने आमा नर्स हुन् । उनकी श्रीमती मुटु रोग विशेषज्ञ हुन् ।

Logo