कोलम्बो ।
कारागारमा रहेका झण्डै तीन हजार जनालाई श्रीलंका सरकारले रिहा गरिदिएको छ । अत्यधिक भिड रहेका र कोरोना भाइरसको संक्रमण फैलिन सक्ने खतरा देखेर उनीहरुलाई रिहा गरिएको अधिकारीहरुले जनाएका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै श्रीलंकामा गत मार्च २० तारिखदेखि देशव्यापी कर्फ्यु लगाइएको छ । श्रीलंकामा अहिलेसम्म कोरोना भाइरसबाट १ सय ६६ जना संक्रमित भएका छन् भने पाँच जनाको निधन भएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यका अनुसार गत मार्च १७ देखि अहिलेसम्म जेलमुक्त हुनेमा दुई हजार ९ सय ६१ जना रहेका छन् । श्रीलंकाका अधिकांश कारागारमा वास्तविक क्षमताभन्दा बढी कैदीबन्दी राख्ने गरिएकाले रिहा गरेर कटौती गरिएको अधिकारीहरुले जनाएका छन् ।––रासस/एपी































प्रतिक्रिया