अमेरिकामा २ लाख १३ हजार संक्रमित, ४ हजार ७ सयको मृत्यु

अमेरिकामा २ लाख १३ हजार संक्रमित, ४ हजार ७ सयको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्ला दिनमा कोरोना भाइरस (कोभिड–१९) को केन्द्र बनेको संयुक्तराज्य अमेरिकामा संक्रमितको संख्या यतिबेला २ लाख १३ हजार ३७२ पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा मात्रै करिब २७ हजार नयाँ संक्रमित भेटिएका छन् । यहाँ ४ हजार ७ सय भन्दा धेरैको मृत्यु भएको छ । एकैदिन ९ सय जनाले ज्यान गुमाएका हुन् ।

अमेरिकापछि इटाली र स्पेनमा पनि संक्रमितको संख्या लाख भन्दा बढी भएको छ । इटालीमा १ लाख १० हजार ५७४ र स्पेनमा १ लाख ४ हजार ११८ संक्रमितको पुष्टि भएको छ ।

हाल विश्वभर ९ लाख ३५ हजार ५७१ संक्रमित देखिएका छन्। यस भाइरसका कारण ४७ हजार २०६ जनाको मृत्यु भइसकेको छ । १ लाख ९४ हजार २०६ जना निको भएका छन् । संक्रमित दर र मृत्यु दर दैनिक रुपमा बढिरहेको छ ।

फ्रान्समा ४ हजार ३२ जनाको मृत्यु भएको छ । यहाँ ५७ हजार ७४९ जना संक्रमित देखिएका छन् । कोरोनाको सुरु भएको चीनमा हाल संक्रमित दर घटिरहेको छ । यहाँ ८२ हजार ३६१ जना संक्रमित भएको र ३ हजार ३ सयको मृत्यु भएको तथ्यांक आएको छ । यस्तै इरानमा ४७ हजार ५९३ जना संक्रमित हुँदा ३ हजार ३६ जनाको मृत्यु भएको छ । वेलायतमा २९ हजार ८६५ जना संक्रमित र २ हजार ३५२ जनाको मृत्यु भएको छ ।

Logo