पेरिस ।
कोरोना भाइरस महामारीका कारण युरोपेली मुलुकहरुमा मात्र ३० हजारभन्दा बढी मानिसको निधन भएको छ । सरकारी विवरणका आधारमा एएफपीले गरेको गणनामा दुई तिहाईभन्दा बढीको निधन इटाली र स्पेनमा भएको उल्लेख छ ।
कोविड–१९ बाट युरोपमा चार लाख ५८ हजार ६ सय १ जना संक्रमित भएका र ३० हजार ६३ जनाको निधन भएको देखिएको छ । इटालीमा मात्र १२ हजार ४ सय २८ जनाको ज्यान गएको छ । दोस्रो स्थानमा रहेको स्पेनमा ८ हजार १ सय ८९ जना र फ्रान्समा ३ हजार ५ सय २३ जनाको निधन भएको छ ।
जोन हप्किन्स विश्वविद्यालयको गणनामा संयुक्तराज्य अमेरिकामा ४ हजार ७६ जनाको निधन भइसकेको विवरण सार्वजनिक भएलगत्तै युरोपको विवरण बाहिर आएको हो ।–रासस/एएफपी





























प्रतिक्रिया