८ लाख ५९ हजार ७९६ संक्रमित, १ लाख ७८ हजार ३०१ जना निको भए

८ लाख ५९ हजार ७९६ संक्रमित, १ लाख ७८ हजार ३०१ जना निको भए

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट हिजो मंगलबार मात्रै ४ हजार ३४१ जनाको मृत्यु भएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट एकै दिनमा भएको यो अहिलेसम्मकै धेरै मृत्यु संख्या हो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ३४१ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) जनाए अनुसार संक्रमितको संख्या आठ लाख ५९ हजार ७९६ रहेको छ ।

गएको २४ घन्टामा कोरोना संक्रमणबाट इटालीमा सबैभन्दा धेरै ८ सय ३७ जना, स्पेनमा ७ सय ४८, अमेरिकामा ७२६ र फ्रान्समा ४ सय ९९ जनाको मृत्यु भएको छ ।

इटालीमा अहिलेसम्म मृतकको संख्या १२ हजार ४ सय २८, स्पेनमा ८ हजार ४६४ जना, अमेरिकामा ३ हजार ८ सय ६७, फ्रान्समा ३ हजार ५२३ पुगेको छ । हाल सम्म १ लाख ७८ हजार ३०१ जना निको भएका छन् ।

Logo