काठमाडौं ।
आज कसैले तपाईंलाई झुक्याउँदै त छैन ? किनकी आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फूल’ हो । हरेक वर्ष अप्रिलको पहिलो दिन विश्वभर एक अर्कालाई मुर्ख बनाएर वा ठट्टा गरेर अप्रिल फूल मनाइने गरिन्छ । तर यस बर्ष भने विगतको जस्तो नहुने भएको छ ।
कोरोना भाइरसको महामारीविरुद्ध विश्व यतिबेला युद्ध गरिरहेको छ । यस्तो अवस्थामा ठट्टा गर्न सान्दर्भिक पनि छैन । अहिलेको अवस्थालाई मध्यनजर गर्दै गुगलले पनि यो वर्ष अप्रिल फूल नमनाउने भएको छ ।
गुगलले अप्रिल फूल नमनाए पनि आफन्त, साथीभाईले यतिबेला अप्रिल १ को फाइदा उठाउने सम्भावना छ । त्यसैले सजग रहनु जरुरी छ ।





























प्रतिक्रिया