कोरोना प्रभाव : १ करोडभन्दा बढी मानिस गरिबीमा धकेलिने विश्व बैंकको प्रक्षेषण

कोरोना प्रभाव : १ करोडभन्दा बढी मानिस गरिबीमा धकेलिने विश्व बैंकको प्रक्षेषण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसका कारण पूर्वीएशिया तथा प्रशान्त क्षेत्रमा १ करोड १० लाख मानिसहरु गरिबीतर्फ धकेलिने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विश्व बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमार्फत यस्तो प्रक्षेपण गरेको हो । कोरोना भाइरसको महामारीका कारण यी मुलुकहरुमा न्यून ज्याला तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु बढी मात्रामा जोखिम रहेको विश्व बैंकले जनाएको छ । कोरोना भाइरसका कारण नेपालसहितका दक्षिण एशियाली तथा अन्य गरी करीब ४० भन्दा बढी मुलुकका जनताले यस्तो जोखिम भोग्नु पर्ने विश्व बैंकले जनाएको छ । त्यस्तै, विश्व बैंकले आर्थिक वृद्धि पनि खुम्चिन सक्ने आँकलन गरेको छ ।

तीन महिना अघि चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी रुपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अहिले विश्वका दुई सय तीन मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ ।

Logo