काठमाडौं ।
भारतभर ३ साताका लागि लकडाउन गरिएको छ । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्वोधन गर्दै लकडाउनको घोषणा गरेका हुन् ।
मोदीले गरेको घोषणा अनुसार आज राति १२ बजेदेखि भारतभर लकडाउन हुनेछ ।
उनले नागरिकलाई घरबाट बाहिर निस्किन निषेध लगाएका छन् । मोदीले यो लकडाउन कर्फ्यु जस्तै भएको भन्दै सचेत रहन आग्रह गरेका छन् ।
मोदीले गत मार्च १९ मा पहिलो पटक सम्बोधन गर्दै ‘जनता कर्फ्यु’ लगाएका थिए ।





























प्रतिक्रिया