काठमाडौं ।
लण्डनमा १० दिनको सेल्फ आईसोलेसनपछि कोभिड १९ सँग लड्दै गरेकी भगवती रानाभाटले आफ्नो अनुभव फेसबुक मार्फत शेयर गरेकी छिन् । उनले लेखेकी छिन् , “यो महामारी कति पीड़ादायक हुदो रहेछ, आज १३ दिन सम्म पनि निको हुने छाँट्काटै छैन । फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो तर सोचें सबैले सावधानी अपनाउन सक्नु हुनेछ । हजुरहरू सबैलाई बिशेष सावधान रहन अनुरोध गर्दछु ।”

लण्डनमा एक नेपाली महिलालाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको छ । कोभिड १९ पोजिटिभ देखिएपछि लण्डनमा सामाजिक अभियन्ताको काम गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी छन् ।

शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छिन् । उनले आफूलाई कोरोना भएको र आफन्तलाई सचेत गराउनका लागि सामाजिक संजालमा सन्देश सार्वजनिक गरेको बताएकी छिन् । उनले फेसबुक मार्फत नै सबैलाई विशेष सावधानी अपनाउन पनि अनुरोध गरेकी छिन् ।






























प्रतिक्रिया