मड्रिड ।
कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या स्पेनमा एक हजार नाघेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार कोरोनाका कारण देशभरि एक हजार ९३ जनाको मृत्यु भएको हो ।
स्पेनमा एक दिन अगाडिसम्म कोरोनाका कारण मृत्यु हुनेहरुको सङ्ख्या ७६७ रहेको थियो ।
स्वास्थ्य अधिकारीहरुले कोरोनाबाट सङ्क्रमितको सङ्ख्या भने झण्डै २१ हजार ५७१ पुगेको पनि जानकारी दिएका छन् । यो सङ्ख्यामा एकै दिन दुई हजार ८३३ थपिएको हो । रासस/सिन्ह्वा





























प्रतिक्रिया