भोपाल ।
भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार पदबाट राजीनामा दिएका छन् । सत्तारुढ भारतीय राष्ट्रिय कांग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा कांग्रेसले बहुमत गुमाएको थियो ।
भोपालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलनाथले आफूले राज्यका गभर्नर समक्ष राजीनामा बुझाएको जानकारी दिए । बिहिबार भारतीय सर्वोच्च अदालतले शुक्रबार संसदमा विश्वासको मत लिन मुख्यमन्त्री कमलनाथको सरकारलाई आदेश दिएको थियो ।
कांग्रेसका युवानेता ज्योतिरानन्द सिंधिया भारतीय जनता पार्टीमा प्रवेश गरेसँगै २२ जना कांग्रेसका सांसदले पार्टी छाडेर भाजपा प्रवेश गरेको घोषणा गरेका थिए । यसैबीच विधानसभाका सभामुख एनपी प्रजापतीले १६ जना सांसदले बुझाएको राजीनामा स्वीकार गरेका थिए । साथै उनले भाजपाका एक सांसदको पनि राजीनामा स्वीकृत गरेका छन् । यसअघि नै अन्य ६ जना कांग्रेस आबद्ध सांसदले दिएको राजीनामा पनि सभामुखले स्वीकृत गरेका थिए ।— रासस/ एएनआई





























प्रतिक्रिया