अष्ट्रेलियामा गैरआवासीयमाथि यात्रा प्रतिबन्ध

अष्ट्रेलियामा गैरआवासीयमाथि यात्रा प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

सिड्नी ।
नोवेल कोरोना (कोभिड १९) भाइरस विश्वव्यापी रुपमा फैलिएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सीमाना बन्दको घोषणा गरेका छन् ।

अस्ट्रेलियाका आप्रवासी बासिन्दा तथा अन्य नागरिकलाई स्थानीय समयअनुसार शुक्रबार राति ९ बजेदेखि देशमा प्रवेश गर्न निषेध गरिने बिहिबार भएको एक प्रेस सम्मेलनमा जनाइएकाे छ । गैर अष्ट्रेलियाली नागरिक र देशमा प्रवेश गर्न चाहने अन्य देशका नागरिकलाई यस्तो बन्देज गरिएको हो । अत्यावश्यकताको आधारमा प्रवेश गर्न चाहने तथा अष्ट्रेलियाली नागरिकलाई भने १४ दिन क्वारन्टाइनमा बस्नुपर्ने अनिवार्य गरिएको पनि सो घोषणामा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियामा देखिएको संक्रमणमध्ये करिब ८० प्रतिशत विदेशी नागरिकबाट सरेको पाइएको पनि जानकारी दिएका छन् । अष्ट्रेलिया सरकारको स्वास्थ्य विभागकाअनुसार बिहिबार बिहानसम्म ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।– रासस/सिन्ह्वा

Logo