कोरोना भाइरस (कोभिड १९) ले विश्वभर आतंक मच्चाइरहेको छ । विश्वका १७३ वटा देशमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ८ हजार भन्दा बढीको ज्यान गइसकेको छ । यसबाट संक्रमितको संख्या २ लाख १८ हजार नाघेको छ ।
विश्वभर महामारीको रूपमा फैलिएपछि यसको रोकथाम र नियन्त्रणका लागि विभिन्न देशहरूले आ-आफ्नै तयारी थालेका छन् । कतिपय देशहरूले त कडा नियम बनाई लागू गरेका छन् ।
उत्तर कोरीयामा यस अघि नै एक जना कोरोना संक्रमित व्यक्तिलाई मारिएको दक्षिण कोरीयाका संचारमाध्यमले जनाएको थियो । यता दक्षिणपूर्वी केन्यामा एकजनालाई कोरोनाभाइरस भएको शङ्कामा पिटेर मारिएको बताइएको छ । केही युवा समूहले पिटेकोले उक्त व्यक्तिको अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
कुन कुन देशमा के कस्तो नियम ?
इटालीमा ३ महिना जेल र १६ हजार जरिवाना
कोरोना भाइरसबाट चीनपछि प्रभावित भएको दोस्रो देश भनेको इटाली हो । इटालीको उत्तरी इलाकामा शुरूमा यातायात प्रतिवन्ध गरेको छ । अहिले पुरै देशमा लकडाउन गरिएको छ । सरकारले ६ करोड जनतालाई घरमै बस्ने सल्लाह दिएको छ । जनतालाई आपत अथवा अतिआवश्यक काम परेमा मात्र बाहिर निस्कन भनेको छ । जुन व्यक्तिले यस नियमको उल्लघंन गरिएको पाइएमा करिव १६ हजारसम्मको जरिवाना हुनसक्ने साथै ३ महिनाको लागि जेलसमेत हुन सक्ने दण्ड लागू गरेको छ ।
स्पेनमा सेनाको मद्दत
स्पेनमा पनि सार्वजनिक स्थलहरु सबै ठप्प भएका छन् । त्यहाँ सरकारले सर्वसाधारणलाई बाहिर ननिस्कन आग्रह गरेको छ । स्पेनको प्रधानमन्त्रीले पब्लिक इमेरजेन्सीको घोषणा गरेका छन् । सार्वजनिक समारोह प्रतिवन्धित साथै समारोह नगर्न सुनिश्चित गर्नका लागि स्पेनले सेनाको मद्दत लिएका छन् । स्थानीयको अटेरपछि त्यहाँको सरकारले सेनाको सहयोग लिनु परेको जनाएको छ ।
साउदी अरबमा ९८ लाख जरिवाना
साउदी अरबले पनि आफ्नो देशमा प्रवेश गर्नेहरूको स्वास्थ्य परिक्षण साथै यात्रासँग जोडिएको जानकारी नदिएमा ९८ लाख रुपैया जरिवाना गर्ने घोषणा गरेको छ ।
अष्ट्रेलियामा ३७ लाख जरीवाना र जेल
त्यस्तै अष्ट्रेलिया आइसोलेसनलाई लिएर नियम तयार गरेको छ । आइसोलेसन नियमको पालना नगर्नेलाई भारी जरीवाना बुझाउनु पर्ने साथै केही ठाउँहरुमा जेल सजायको समेत प्रावधान गरेको छ । उत्तर अष्ट्रेलियामा यदि यो नियम पालना नगरेमा ३७ लाख रुपैयाँ समेतको नगद जरिवानाको नियम बनाएको छ ।
त्यस्तै न्युजिल्याण्डकी प्रधानमन्त्री जेन्सिडा अर्डनले पनि आइसोलेसनको पालना नगर्नेलाई जरिवानाका साथै दण्डको चेतावनी दिएकी छिन् । अमेरिकामा सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको आधिकारीक यस भाइरसको प्रचार रोक्नका लागि जरुरी कदम उठाएको छ ।





























प्रतिक्रिया