कोरोना संक्रमणका कारण अमेरिकामा मर्नेको संख्या सय नाघ्यो

कोरोना संक्रमणका कारण अमेरिकामा मर्नेको संख्या सय नाघ्यो

केन्द्रबिन्दु
0
Shares

न्यूयोर्क ।
कोरोना भाइरसका कारण अमेरिकामा मात्रै मर्नेको संख्या संख्या १ सय ५ पुगेकोे छ । त्यस्तै जोहन्स होप्कीन विश्वविद्यालयमा रहेको विज्ञान तथा इन्जिनियरिङ्ग केन्द्रअनुसार संक्रमित हुनेको संख्या ६ हजार नाघेको छ ।

अमेरिकामा पछिल्लो सात घण्टामा झण्डै एक हजार संक्रमितको संख्या बढेर कूल संक्रमितको  संख्या ६ हजार २ सय ३२ पुगेको छ ।–

मंगलबारसम्म विश्वभर कूल एक लाख ९७ हजार १ सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसका कारण सात हजार ९ सय १६ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये कुल ८१ हजार ७ सय ३८ जना निको भएर घर फर्किएका छन् भने अझै ९९ हजार ५० जनाले सङ्क्रमणका कारण उपचार गरी रहेका छन् ।– रासस/सिन्ह्वा

Logo