७८ हजार ९८९ जना उपचारपछि घर फर्किए

७८ हजार ९८९ जना उपचारपछि घर फर्किए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोनाको प्रभावबाट विरामी भएका विश्वका १ लाख ८१ हजार ८ सय मध्ये ७८ हजार ९८९ जना उपचारपछि घर फर्किएका छन् । सोमबारसम्म यसको संक्रमण १५८ देशमा फैलिसकेको छ । चीनबाट सुरु भएको भए पनि पछिल्ला दिनहरुमा यसले युरोपलाई केन्द्र बनाएको छ । यसकै कारण हालसम्म ७ हजार १४५ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।

इटालीमा कोरोना (कोभिड–१९) बाट एकै दिन तीन सय ६८ जनाको मृत्यु भएको छ । यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १५८ पुगेको छ । चीनपछि कोरोनाबाट सबैभन्दा प्रभावित इटाली बनेको छ । इरानमा १४ हजार ९९१ जना प्रभावित र मृत्तकको संख्या ८५३ पुगेको छ । चीनमा ८१ हजार ४९ जना संक्रमित मध्ये ३, १११ जनाको मृत्यु भएको छ भने यहाँ ५५ हजार ९८७ उपचार पछि घर फर्किएका छन् ।

पछिल्लो समय कोरोनाबाट सम्पूर्ण युरोप नै प्रभावित छ । कोरोनाबाट अहिलेसम्म स्पेनमा ३४२ जना र फ्रान्समा १४८ जनाको मृत्यु भएको छ । स्पेनमा ९, ९४२ र फ्रान्समा ६, ६५० जनामा संक्रमण देखिएको छ । बेलायतमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ । स्विट्जरल्यान्डमा पछिल्लो २४ घन्टाभित्र संक्रमितको संख्या ८०० बाट २,३३० पुगेको छ । त्यहाँ अहिलेसम्म कोरोनाबाट १९ जनाको मृत्यु भएको छ । त्यस्तै नेदरल्यान्ड २४ जनाको मृत्यु भएको छ ।

Logo