कोरोना भाइरसका कारण चीनमा सम्बन्ध बिच्छेद बढ्दै

कोरोना भाइरसका कारण चीनमा सम्बन्ध बिच्छेद बढ्दै

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस अर्थात कोभिड १९ले अहिले विश्वलाई नै त्रसित बनाएको छ । कोरोना भाइरसले बैवाहिक सम्बन्धलाई समेत प्रभाव पार्न थालेको छ ।

चीनको शिचुआन प्रान्तमा एक महिनामा ३ सय भन्दा धेरै दम्पत्तीले सम्बन्ध बिच्छेदको आवेदन दिएका छन् । मिडिया रिपोर्टका अनुसार कोरोना भाइरसका कारण हाल धेरैजसो मानिसहरु आफ्नै घरमा कैद छन् । यसका कारण पति र पत्नीबीच विवादको मामिला लगातार बढिरहेको छ । उनीहरुको आपसी झगडाले ठूलो रुप लिदै सम्बन्ध बिच्छेदसम्म पुगिरहेको छ ।

डाझोउ इलाकाका विवाह रजिष्टर म्यानेजर लु शिजुनले बताएका छन्, ‘कोरोनाकै कारण सयौं  दम्पत्तीले आफ्नो बैवाहिक जीवन तोड्ने निर्णयमा पुगेका हुन्’। चीनमा सम्बन्ध बिच्छेद गर्ने मानिसहरुको संख्या बढिरहेको कारण पछिल्लो केही दिनदेखि अधिकांश समय पति पत्नीसँगै घरमा बस्नुपरेको र उनीहरुबीच जरुरत भन्दा ज्यादा समय एक अर्कासँग बिताइरहेकाले दम्पत्तीबीच विवाद सिर्जना भएको हो । जसका कारण उनीहरुको सम्बन्धमा नकारात्मक प्रभाव पर्दै आएको हो ।

चीनमा कोरोना भाइरसका कारण एक महिनादेखि कार्यालयहरु बन्द अवस्थामा छन् । त्यस्तै कोरोनाका कारण इटालीको लकडाउनमा इन्टरनेटको डाटा छिटो बढाउन माग गरिरहेका छन् ।

चीनपछि इटालीमा धेरै मानिसहरु कोरोनाबाट संक्रमित भएका छन् । हाल इटालीमा इन्टरनेट प्रयोग गर्नेको संख्या ७० प्रतिशतले बृद्धि भएको छ ।

Logo