क्रिस्टियानो रोनाल्डोले आफ्नै होटललाई अस्पताल बनाउँदै

क्रिस्टियानो रोनाल्डोले आफ्नै होटललाई अस्पताल बनाउँदै

केन्द्रबिन्दु
0
Shares

एजेन्सी ।

कोरोना भाइरसको संक्रमण फैलिएसँगै पोर्चुगलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो होटललाई अस्पतालमा परिवर्तन गर्न लागेका छन् । विश्वभर नोवेल कोरोना (कोभिड १९) भाइरस महामारीको रुपमा फैलिँदै गएको छ । पोर्चुगलमा समेत कोरोना प्रभाव बढ्दै गएकाले रोनाल्डोले आफ्नै होटललाई अस्पतालमा रुपान्तरण गर्न लागेका हुन्।
रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ‘पेस्टाना सीआर–७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेको अन्तर्राष्टिय सञ्चारमाध्यामले जनाएका छन् ।

रोनाल्डोले होटललाई सात दिनभित्र अस्पतालमा परिणत गरेर कोरोना संक्रमित विरामीको निःशुल्क उपचार गर्न लागेको उल्लेख गरिएको छ । उनले विरामीको उपचार, औषधि, बस्ने र खाने सबै खर्च निःशुल्क गर्न लागेका हुन् । उपचारमा संलग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि रोनाल्डोले व्यक्तिगत जनाइएको छ ।

विश्वभर फुटबलमा  ख्याती कमाएका रोनाल्डो सामाजिक कार्यमा पनि सहयोग गर्दै आएका छन् । रोनाल्डो खेलाडीको रूपमा मात्र नभई मानवीय गुणले पनि भरिपूर्ण व्यक्ति भएको भन्दै अहिले विश्वभर चर्चा हुन थालेको छ ।
इटालीबाट आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई कोरोना संक्रमण भएको भन्दै आफ्नै घरमा ‘क्वारेन्टाइन’ मा राखिएको थियो । तर प्रशिक्षणमा उनमा कोरोनाको संक्रणम भने फेला परेको थिएन ।

पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई कोरोना संक्रमित भएको पुष्टि भएको छ । पोर्चुगलमा अहिलेसम्म कोरोनाका कारण ज्यान भने कसैको पनि गएको छैन ।

Logo