भारतमा कोरोनाबाट २ जनाको मृत्यु, ८२ प्रभावित

भारतमा कोरोनाबाट २ जनाको मृत्यु, ८२ प्रभावित

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।
भारतमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । राजधानी नयाँ दिल्लीको पश्चिमी क्षेत्रमा एक ६८ वर्षकी महिलाको ज्यान गएको हो । यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । मंगलबार एकजनाको मृत्यु भएको थियो ।

कर्नाटकका ७६ वर्षका एक पुरुषको पहिलोपटक मृत्यु भएको भारतमा कोरोना संक्रमणबाट हालसम्म ८२ जना पीडित भएको बताइएको छ ।

संक्रमित मध्ये ६५ जना भारतीय नागरिक हुन् भने १७ जना विदेशी नागरिक रहेको र १० जना उपचारपछि घर फर्किएका छन् ।

Logo