क्यानडा ।
क्यानडाका प्रधानमन्त्रीकी पत्नीलाई कोरोना भएको पुष्टि भएको छ । प्रधानमन्त्री जस्टिन ट्रडुकी पत्नी सोफीलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको हो ।
प्रधानमन्त्री जस्टिन आफ्नी पत्नीसहित सेल्फ आइसोलेसनमा बसेका बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार उनीहरु एक कार्यक्रममा सहभागी भएर फर्कदा सोफीलाई हल्का ज्वरोको महशुस भएपछि कोरोनाको आशंका गरिएको थियो ।
परीक्षणपछि उनलाई कोरोना भएको देखिएपछि सेल्फ आइसोलेसनमा बसेका हुन् ।





























प्रतिक्रिया