चीनद्वारा सगरमाथा आरोहणमा प्रतिबन्ध

चीनद्वारा सगरमाथा आरोहणमा प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

बेइजिङ ।
कोरोना भाइरसको त्रासका कारण चीनले सर्वोच्च शिखर सगरमाथा आरोहणमा प्रतिबन्ध लगाएको छ ।

बिहीबार आरोहण गराउने संस्थाहरुले यस्तो जनाएका हुन् । सगरमाथा आरोहणको सिजन सुरु हुँदा चीनले आफ्नो तर्फबाट आरोहण गर्ने यात्रुलाई रोक लगाएको हो ।

हरेक वर्ष चीनको बाटो हुँदै पनि सयौंको संख्यामा आरोहीहरु सगरमाथाको आरोहण गर्ने गर्छन् । गतवर्ष मात्रै २ सय ४१ यात्रु तिब्बतको बाटो भएर आरोहण गरेका थिए । यसवर्ष पनि सगरमाथा आरोहणको सिजन सुरु हदैछ ।

Logo