हलिउड निर्माता हार्वी वीनस्टीनलाई २३ वर्ष कैद सजाय

हलिउड निर्माता हार्वी वीनस्टीनलाई २३ वर्ष कैद सजाय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मिटु मामिलामा फसेका महशुर हलिउड सिनेमा निर्माता हार्वी वीस्टीनलाई २३ वर्षको कैद सजाय सुनाइएको छ ।

न्यूज एजेन्सी एनएनआईका अनुसार यौन उत्पीडन तथा बलात्कारको मामिलामा दोषी ठहर भएका चर्चित वीनस्टीनलाई न्यूर्योकको एक अदालतले २३ वर्षको कैद सजाय सुनाएको हो ।

सुनुवाइका लागि वीनस्टीन बुधबार ह्वीलचेयरमा अदालत उपस्थित भएका थिए । हार्वी वीस्टीन विरुद्ध हलिउडका केही चर्चित अभिनेत्रीसहित करिब १ सय बढी महिलाहरुले यौन शोषणको आरोप लगाएका थिए । त्यसपछि मिटु क्याम्पियन मार्फत धेरै महिलाहरुले आफ्नो कुराहरु सोसियल मिडियामा राखेका थिए । यस क्याम्पियनले संसारभर तहल्का मच्चाएको थियो ।

अदालतको यो निर्णयमा मिटुको विश्वव्यापी महिला आन्दोलनमा संलग्नहरूले स्वागत गरेका छन् । उनका वकिलहरूले उमेर र सिनेमा क्षेत्रका लागि वीनस्टीनले दिएको योगदानका लागि उनको सजाय घटाउन माग गरेका थिए । हार्वे वीनस्टीनलाई अत्यन्तै शक्तिशाली चलचित्र निर्माता मानिन्छ । वीनस्टीनले प्रोडक्शन गरेका ८१ वटा चलचित्रहरुले ओस्कर अवार्ड पाएका छन् ।

गत महिना भएको न्यूयोर्क अदालतको पाँच महिलासहित सात पूरूषको उजुरीले पाँच दिनसम्मको विचार विमर्शपछि वीनस्टीनलाई ‘थर्ड डिग्री रेप’, र ‘फस्ट डिग्री’ आपराधिक यौन गतिविधिमा दोषी ठहर गरेको थियो । उनीमाथि अहिले पनि दुई महिलालाई बलात्कार र यौन हमला गरेको मुद्दा लस एन्जल्समा चलिरहेको छ ।

Logo