काठमाडौँ ।
ग्लोबल विजनेस समिटमा नेपालका खर्बपति उद्योगी विनोद चौधरीले पनि सम्बोधन गर्ने भएका छन् । उनी चौधरी ग्रुपका अध्यक्ष हुन् ।
टाइम्स अफ इन्डियाले आयोजना गर्न लागेको सो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नेछन् । सो समिटका क्रममा व्यावसायी चौधरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने बताइएको छ । सो समिटमा मोदी सरकारका सात जना वरिष्ठ मन्त्रीहरू रक्षामन्त्री राजनाथ सिंह, वित्तमन्त्री निर्मला सीतारमण, विदेश मन्त्री एस जयशंकर, वाणिज्य तथा रेल मन्त्री पियुस गोयल, टेक्सटाइल मन्त्री स्मृति इरानी, नागरिक उड्डयनमन्त्री हरदीप पुरी तथा उर्जा मन्त्री आरके सिंहले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, सो विजनेश समिटमा विश्व विख्यात कम्पनीका प्रमुख कार्यकारीहरू तथा विश्वका विजनेस, टेक्नोलोजी र सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तित्वहरू विशेष आकर्षणका रूपमा रहने टाइम्स अफ इन्डियाले जनाएको छ । विश्वकै प्रतिष्ठित कार्यक्रम मध्येको एक मानिने सो समिट आगामी शुक्रबार र शनिबार नयाँ दिल्लीमा आयोजना हुँदैछ ।





























प्रतिक्रिया