काठमाडौं ।
गतवर्ष डिसेम्बरदेखि चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाका कारण चीनमा मात्रै २ हजार ९३१ जनाले ज्यान गुमाएका छन् । यहाँ संक्रमित हुनेको संख्या पनि सबैभन्दा धेरै अर्थात ८० हजार ५ सय ५५ छ ।
चीन बाहेकका १४ देशमा ३४१ जनाले ज्यान गुमाएका छन् । विश्वभर फैलँदै गएको कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८३ पुगेको छ ।
विश्वका ८४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट ९८ हजार ३ सय ८२ जना संक्रमित रहेको बीबीसीले जनाएको छ ।
यता बेलायतमा पनि एकजनाको कोरोनाकै कारण ज्यान गएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उपचार गराइरहेकी ७० वर्षीया महिलाको ज्यान गएको बेलायतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । भारतमा संक्रमितहरुको संख्या ३० पुगेको छ ।





























प्रतिक्रिया