काठमाडौं ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन् ‘आगामी आइतबार (मार्च ८) देखि फेसबुक, ट्वीटर, इन्स्टाग्राम र यूट्यूब जस्ता आफ्ना सम्पूर्ण सोसियल मिडिया एकाउन्ट छाड्ने विचार गर्दैछु ।’
यद्यपी मोदीले आफ्नो सबै सोसियल एकाउन्टहरु महिलालाई हस्तान्तरण गर्ने भएका छन् । प्रधानमन्त्री मोदीको इन्स्टाग्राममा ३५.२ मिलियन फलोअर्स छन् । त्यस्तै इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएका टप पाँच बलिउड अभिनेत्रीहरु छन् । पुरुष भने एकजना पनि टप पाँचमा परेका छैनन् ।
प्रियंका चोपडा

टप पाँच भित्रको पहिलो नाम हो प्रियंका चोपडा । प्रियंका चोपडा बलिउडकी सबैभन्दा धेरैले फलो गर्ने सेलिब्रेटी हुन् । इन्स्टाग्राममा प्रियंकालाई फलो गर्नेको संख्या ५०.३ मिलियन छन् । उनले हाल फिल्म नखेले पनि फलो गर्नेहरुको संख्या भने बढ्दो छ ।
दीपीका पादुकोण

दीपीका पादुकोण इन्स्टाग्राममा फलो गर्ने दोस्रो सेलिब्रेटी हुन् । उनका कुल ४४.६ मिलियन फलोअर्स छन् । दीपीकाको हालै प्रदर्शनमा आएको फिल्म छपक भने दर्शकले खासै रुचाएनन् । अब चाँडै दीपीका पति रणवीरका साथ फिल्म ८३ मा देखिंदै छिन् ।
आलिया भट्ट

तेस्रो नम्बरकी धेरै फलोअर्स कमाउने अर्की बलिउड क्यूट अभिनेत्री हुन् आलिया भट्ट । आलियाको इन्स्टाग्राममा ४३.६ मिलियन फलोअर्स छन् । आलिया हाल अमिताभ बच्चन र रणवीर कपूरका साथ फिल्म ‘ब्रह्यास्त्र’को सुटिङमा व्यस्त छिन् ।
श्रद्धा कपूर

श्रद्धा कपूरलाई इन्स्टाग्राममा ४१.२ मिलियनले फलो गरेका छन् । उनले आफ्नो इन्स्टाग्राममा हालसम्म १ हजार ५ सय ७८ पोस्ट गरिसकेकी छिन् । श्रद्धा कपूर चर्चित भिलेन शक्ति कपूरकी छोरी हुन् । उनले बलिउडमा चर्चित फिल्महरु खेलिसकेकी छिन् ।
जैकलीन फर्नाडिज

सोसियल मिडियामा धेरै एक्टिभ रहने अभिनेत्री हुन् जैकलीन फर्नाडिज । उनको इन्स्टाग्राममा ३७.७ मिलियन फलोअर्स छन् । जैकलिनले अहिलेसम्म २ हजार १०२ पोस्ट गरिसकेकी छिन् । उनी हाल नयाँ होली गितको तयारीमा व्यस्त छिन् । यस गितमा ‘बिग बोस १३’ का फस्ट रनर अप आसिम रियाजसँग देखिंदैछिन् ।





























प्रतिक्रिया