‘सौर्यवंशी’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

‘सौर्यवंशी’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
चर्चित बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री कट्रिना क्याफको बहु प्रतिक्षित चलचित्र ‘सौर्यवंशी’ को सोमबार ट्रेलर सार्वजनिक भएको छ ।

फिल्मको ट्रेलर रिलीज हुने बित्तिकै यसले सोसल मिडियामा हंगामा मच्चाउन थालेको छ । ट्रेलरमा अक्षय कुमारलाई पुलिसको अवतारमा देखिएको छ भने कट्रिनालाई उनकी श्रीमतीको रुपमा देखिएको छ ।

चलचित्रमा अक्षय कुमारसँगै अजय देवगनको ‘सिंघम’ र रणवीर सिंहको ‘सिम्बा’ चलचित्रको झलक पनि देख्न सकिन्छ । रोहित सेट्टीले निर्देशन गरेको यस चलचित्रमा ज्याकी श्रफ, गुलशन ग्रोभर र सिकन्दर खेरको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

मार्च २४ बाट विश्वव्यापी रुपमा रिलिज हुने यो चलचित्र करण जौहर र रोहित सेट्टीको संयुक्त लगानीमा बनेको हो ।

Logo